Friday, June 14, 2019

२८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गरी २ करोड १६ लाख भ्रष्टाचार गरेको अभियोग
काठमाडौं, ३० जेठ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके र बर्दियाको सार्वजनिक जग्गा व्यक्तिका नाममा गरी भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन प्रमुख मालपोत अधिकृतद्वय दीर्घबहादुर पोखरेल र कृष्णप्रसाद ज्ञवालीसहित २८ जनाविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
उनीहरूले बाँके र बर्दियाको ८ कित्ता सार्वजनिक जग्गा नक्कली जग्गाधनीहरू कौशल भन्ने खैरुल हसन अन्सारी, हसरतुन निसा अन्सारी र लाली मल्लका नाममा दर्ता गरी २ करोड १६ लाख ७३ हजार रुपैयाँ भ्रष्टाचार गरेकाले मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । 
प्रमुख मालपोत अधिकृतसहितका कर्मचारी, नक्कली जग्गाधनी र लेखापढी व्यवसायीले बा“के खासकारका“दो–७ र तत्कालीन नेपालगन्ज नगरपञ्चायत–३ को एक÷एक र बर्दिया नेउलापुर– वडा नं. ७ को १ र ९ को ५ कित्ता सरकारी जग्गाको कागजात किर्ते गरी व्यक्तिका नाममा दर्ता कायम गरी राज्यलाई हानिनोक्सानी र आफूलाई गैरकानुनी लाभ पु¥याएको अख्तियारले जनाएको छ । अख्तियारले मालपोत कार्यालय बा“केका तत्कालीन प्रमुख मालपोत अधिकृत पोखरेलसँगै अधिकृतहरू पुष्पा श्रेष्ठ, हेमराज शर्मा र अशोककुमार भट्टराई, नायब सुब्बाहरू रुद्रबहादुर देवकोटा, टंकप्रसाद शर्मा, रामबहादुर खडका र मानबहादुर केसी, कम्प्युटर अपरेटर यज्ञश्वर वली, सहायक कम्प्युटर अपरेटर प्रेमबहादुर चन्द ठकुरी, खरिदारहरू सुशील रिजाल, सञ्जयकुमार ठाकुर, कुलानन्द राउत र कार्यालय सहयोगी अन्तराम चौधरीविरुद्ध मुद्दा दायर गरेको हो । मालपोत कार्यालय बर्दियाका तत्कालीन कार्यालय प्रमुख ज्ञवालीसहित अधिकृत रामकुमार रोका, नायब सुब्बाहरू कृष्णलाल शर्मा, रवीन्द्रबहादुर थापा, खरिदारहरू भूमिराज पोखरेल, किशोरकुमार रिजाल, तुलसीरानी थारू, कम्प्युटर अपरेटर लक्ष्मी मल्ल र कार्यालय सहयोगी सूर्यप्रसाद उपाध्याय तथा नक्कली जग्गाधनीहरू कौशल भन्ने खैरुल हसन अन्सारी, हसरतुन निसा अन्सारी, लाली मल्ल, लेखापढी व्यवसायीहरू बिरू भन्ने बृहस्पति खडका र पप्पु धोबीविरुद्धसमेत सार्वजनिक जग्गा हिनामिनामा मुद्दा दायर गरिएको छ ।
अख्तियारले अभियोगपत्रमा आरोपित २८ जनालाई नै २ करोड १६ लाख ७३ हजार रुपैयाँ बिगो मानी जरिवाना र जेल सजाय गर्न मागदाबी गरेको छ । २८ मध्ये २३ जना सरकारी कर्मचारी हुन् । मुद्दा दायर भएस“गै उनीहरू सेवाबाट निलम्बित भएका छन् । भ्रष्टाचार मुद्दा अदालत प्रमाणित भएपछि उनीहरू सेवाबाट बर्खास्त हुनेछन् ।

No comments:

Post a Comment