Monday, June 24, 2019

वडा सदस्यसहित चार जनाविरुद्ध मुद्दा

काठमाडौं, ८ असार– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिकाका वडा सदस्य रामचन्द्र राय यादवसहित चार जनाविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
महोत्तरीको एकडारा गाउँपालिका–४ का वडा सदस्य यादवले गाउँपालिकाको बजेटबाट निर्माण गर्न लागिएको धर्मशालालाई रकम निकासा गराउन सेवाग्राहीसँग ३६ हजार रुपैयाँ घूस लिएको पुष्टि भएकाले मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । अख्तियारले नापी कार्यालय साँखुका नापी सर्वेक्षक श्यामकृष्ण न्यौपाने, लेखापढी व्यवसायी विष्णु केसी र मालपोत कार्यालय साँखुका नायब सुब्बा महेश काफ्लेविरुद्ध आइतबार भ्रष्टाचार मुद्दा दायर गरेको छ । जग्गा हालसाबिक गर्ने प्रयोजनका लागि न्यौपानेसहित तीन जनाले सेवाग्राहीसित डेढ लाख रुपैया“ घूस लिई अनियमितता गरेकाले मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । मुद्दा दायर भएस“गै न्यौपाने र काफ्ले सेवाबाट निलम्बित भएका छन् ।
यसैबीच अख्तियारले सुनसरीको प्रहरी चौकी भोक्राहाका प्रहरी सहायक निरीक्षक पदमबहादुर कटुवाललाई घूस रकमसहित पक्राउ गरेको छ । सेवाग्राहीलाई वन मन्त्रालयबाट पक्राउ पुर्जी आएको डर देखाई लिएको ७ हजार रुपैयाँ घूससहित कटुवाल पक्राउ परेको अख्तियारले जनाएको छ ।




No comments:

Post a Comment