Monday, June 3, 2019

सानेपा दुर्घटनामा पत्रकारसहित दुईको मृत्यु

काठमाडौं, १९ जेठ– तीन जीप र एउटा मोटरसाइकल ठोक्किएर सानेपामा भएको दुर्घटनामा पत्रकारसहित २ जनाको मृत्यु भएको छ ।
आइतबार अपरान्ह भएको दुर्घटनामा नेपाल कृषि पत्रकार प्रतिष्ठानका अध्यक्ष गोविन्दप्रसाद शर्मा घिमिरेको मृत्यु भएको छ । ललितपुरको गोदावारी निवासी घिमिरे लामो समयदेखि रेडियो पत्रकारका रूपमा कार्यरत थिए ।
प्रहरीका अनुसार सुरुमा दुई जीप ठोक्किएर अनियन्त्रित भएका थिए । अनियन्त्रित जीपमा अर्को एउटा जीप र मोटरसाइकल आएर ठोक्किन पुगेपछि घिमिरेसहित दुई जना घाइते भएका थिए ।
दुर्घटनाका घाइतेलाई प्रहरीले तत्कालै मेगा अस्पताल पु¥याएको थियो । त्यहा“ उपचार सम्भव नभएपछि थापाथलीस्थित नर्भिक अस्पताल ल्याइएको थियो । नर्भिक अस्पतालले दुवैलाई मृत घोषणा गरेको थियो ।
‘हामी कहा“ ल्याउनुभन्दा अगाडि नै दुवै जनाको मृत्यु भइसकेको थियो । घटनास्थलमै मृत्यु भएको हुनुपर्छ’ नर्भिक अस्पताल स्रोतले भन्यो ।  मृत्यु भएका अर्का व्यक्ति नुवाकोट जिल्ला, कुमोरी–३ का चन्द्रमणि मुडभरी भएको जानकारी प्रहरीले दिएको छ ।पत्रकार घिमिरे र मुडभरी मोटरसाइकलमा सवार थिए । दुर्घटनामा परेका तीनवटै जीप र मोटरसाइकलमा क्षतिग्रस्त छन् ।


No comments:

Post a Comment