Sunday, June 2, 2019

उपराष्ट्रपति पुन स्वदेश फिर्ता

काठमाडौं, १८ जेठ– उपराष्ट्रपति नन्दबहादुर पुन अस्ट्रियाको ८ दिने भ्रमण पूरा गरी शनिबार अपरान्ह स्वदेश फर्केका छन् । उनी अस्ट्रियाको भियनामा आयोजित जलवायुसम्बन्धी आर–२० अस्ट्रियन विश्व शिखर सम्मेलनमा सहभागी भई फर्केका हुन् ।
पुनले भियनामा रह“दा अस्ट्रियाका राष्ट्रपति अलेक्जेन्डर भान दर बेलेनसित भेटवार्ता गरेका थिए ।
भेटवार्ताका क्रममा उनले युरोपियन युनियनले नेपाल वायु सेवा निगमको युरोपियन गन्तव्यमा हुने उडानमा सहजीकरण गरिदिन आग्रह गरेका थिए । जेठ १४ गते भियनामा आयोजित जलवायु सम्बन्धी आर–२० अस्ट्रियन विश्व शिखर सम्मेलनको उच्चतम सत्रमा बोल्दै उपराष्ट्रपति पुनले जलवायु परिवर्तनको विश्वव्यापी प्रभावबाट नेपालले भोगिरहेको समस्या र जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण र अनुकूलनका लागि नेपालले गरिरहेको पहलका बारेमा विश्व समुदायलाई जानकारी गराएका थिए ।
भ्रमण दलमा उपराष्ट्रपतिकी धर्मपत्नी हस्तमाली पुन र वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत, भियनास्थित नेपाली राजदूतलगायत उपराष्ट्रपतिको कार्यालय, परराष्ट्र मन्त्रालय र वन तथा वातावरण मन्त्रालयका उच्च अधिकारीहरूको सहभागी थिए ।

No comments:

Post a Comment