Monday, June 10, 2019

आजदेखि पुनर्निर्माणसम्बन्धी दक्षिण एसियाली सम्मेलन

काठमाडौं, २६ जेठ– पुनर्निर्माण, विपद व्यवस्थापन, ऊर्जा र जलवायु परिवर्तनको क्षेत्रमा स्थानीय तहहरूको भूमिकासम्बन्धी दक्षिण एसियाली सम्मेलन सोमबारदेखि काठमाडौंमा सुरु हुने भएको छ ।
दुई दिने सम्मेलन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, गाउँपालिका महासंघ, नेपाल नगरपालिका संघ, युनाइटेड सिटी एन्ड लोकल गभर्मेन्ट एसिया प्यासिफिक र युरोपेली युनियनको संयुक्त आयोजनामा हुन लागेको हो ।
सम्मेलनमा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाका स्थानीय तहका जनप्रतिनिधि र विज्ञहरू सहभागी हुने छन् । सम्मेलनमा चिनियाँ विज्ञको समेत सहभागिता रहने जानकारी पुनर्निर्माण प्राधिकरणले दिएको छ ।
सम्मेलनमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पपछिको पुनर्निर्माणको प्रगति र त्यसको दिगोपनासम्बन्धी प्रस्तुति दिने कार्यक्रम छ । सम्मेलनमा विज्ञ, बढी भूकम्पप्रभावित गाउँपालिका र नगरपालिका प्रमुखहरूले प्रस्तुति दिने कार्यक्रम छ ।
पुनर्निर्माण प्राधिकरणका अनुसार विपद्, पुनर्निर्माणलगायतका विषयमा अनुभव आदान–प्रदान गर्न र भावी रणनीति बनाउन सहयोग पु¥याउने उछेश्यले सम्मेलन गर्न लागिएको हो ।
सम्मेलनका क्रममा स्थानीय तहहरूसँगको सहकार्यमा नेपालमा निजी आवासहरू पुनर्निर्माणले फडको मारेको र नेपालले प्राप्त गरेका उपलब्धि तथा अनुभव अन्तर्राष्ट्रिय समुदायसित आदानप्रदान गरिनेछ ।

No comments:

Post a Comment