Sunday, June 2, 2019

त्रिवि शिक्षण अस्पतालमा सफलतापूर्वक कलेजो प्रत्यारोपण

छोरीले बाबुलाई दिइन् कलेजो
अब नियमित प्रत्यारोपण गर्न सकिनेछ : अस्पताल
काठमाडौं, १८ जेठ– त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पहिलोपटक सफलतापूर्वक कलेजो प्रत्यारोपण भएको छ । त्रिवि शिक्षण अस्पतालका कलेजो प्रत्यारोपण सर्जन एवं प्राध्यापक डा. रमेशसिंह भण्डारीको टिमले शुक्रबार कलेजो प्रत्यारोपण गरेको हो ।
शुक्रबार बिहान ८ बजे सुरु गरिएको प्रत्यारोपण १६ घण्टापछि शनिबार बिहान १२ बजे सकिएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार प्रत्यारोपणका लागि ५८ वर्षीय बाबुलाई ३३ वर्षीय छोरीले कलेजो दिएकी थिइन् ।
शल्यक्रियामा डाक्टर नर्स र स्वास्थ्यकर्मीसहितको ५० जनाको टोली र सर्जरीमा डा. भण्डरीको नेतृत्वमा १२ चिकित्सक सहभागी थिए । यसअघि भक्तपुरमा रहेको मानव अंग प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपण भए पनि शिक्षण अस्पतालमा पहिलोपटक भएको हो । भक्तपुरमा कलेजो प्रत्यारोपण निरन्तर छैन ।
कलेजो प्रत्यारोपणका लागि भारतको एपोलो अस्पतालको विशेषज्ञ टोली आएको थियो । पा“च वर्षको प्रयासपछि एपोलो अस्पतालका विशेषज्ञको सहयोगमा कलेजो प्रत्यारोपण सफल भएको जानकारी अस्पतालले दिएको छ ।
स्वास्थ्य परीक्षणपछि चिकित्सकले कलेजो दिन मिल्ने ठह¥याएमा प्रत्यारोपणका लागि कलेजो दिन सकिन्छ । कलेजो दिने व्यक्तिलाई कुनै असर नगर्ने चिकित्सकको भनाइ छ । त्रिवि शिक्षण अस्पतालले अब एपोलोको सहयोगबिनै आफ्नै पहलमा कलेजो प्रत्यारोपण गर्न सुरु गरिने जानकारी दिएको छ ।

No comments:

Post a Comment