Sunday, June 30, 2019

गरिबी लामो समय टिक्दैन : प्रधानमन्त्री

‘काठमाडौं धूलोधूवाँ मुक्त भयो’
काठमाडौं, १४ असार– प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा लामो समय गरिबी टिक्न नसक्ने बताएका छन् । केही कारणले नेपाल पछि परे पनि सधैं यही अवस्था नरहने उनको भनाइ छ । ‘तीव्र गतिमा अघि बढ्ने गरी हामीले राष्ट्रिय लक्ष्य तयार गरिसकेका छौं,’ पराराष्ट्र नीति सम्बन्धमा राजधानीमा शनिबार आयोजित राष्ट्रिय संवाद कार्यक्रममा उनले भने, ‘गरिबीमाथिको हाम्रो प्रहार तीव्र छ ।’
बाह्य सम्बन्ध विस्तारमा पनि सरकारले एकलौटी ढंगले काम नगर्ने उल्लेख गर्दै मुलुकका ठूला राजनीतिक दलको परराष्ट्र नीति एउटै हुनुपर्नेमा उनले जोड दिए । ‘परराष्ट्र नीतिबारे सरकारले एकलौटी काम गर्दैन, त्यसका लागि मुलुकका ठूला दल एकै ठाउ“मा रहनुपर्ने हुन्छ,’ ओलीले भने, ‘छिमेकीसहित सबै राष्ट्रलाई हेर्ने सरकारको नीति एउटै हुनुपर्छ, अहिलेको सरकार त्यहीअनुसार चलिरहेको छ । समग्र मुलुकको साझा चासो त्यसैमा छ, दलहरूको समान धारणा आवश्यक छ, परराष्ट्र नीति एउटै हुनुपर्छ ।’
‘सुखी नेपाली समृद्ध नेपाल’ को नारा साकार पार्न मुलुकले अनुदान र ऋणभन्दा पनि लगानी खोजिरहेको ओलीले बताए । ‘मुलुकको अहिलेको आवश्यकता लगानी हो, अनुदान र ऋण होइन । त्यसैले सरकारले विदेशी लगानीकर्ताहरूलाई स्वागतका लागि कसरत गरिरहेको छ,’ उनले भने, ‘हाम्रो प्राथमिकतामा लगानी छ, परराष्ट्र नीति पनि त्यहीअनुरूपको छ ।’
दक्षिणी छिमेकी मुलुक भारतस“गको सम्बन्ध अहिले राम्रो भए पनि बेलाबेलामा खटपट चलिरहने गरेको उनले बताए । त्यस्तो खटपट अन्त्यका लागि सरकारले प्रयास गरिरहेको उनको भनाइ छ ।
यसैबीच प्रधानमन्त्री ओलीले आफ्नो सरकारको प्रयासमा राजधानी धूवाँधूलोमुक्त भएको दाबी गरेका छन् । आफ्नो पालामा काठमाडौंवासीलाई मास्क लगाएर हिड्नुपर्ने अवस्था अन्त्य भएको बताए । ‘म प्रधानमन्त्री हु“दा काठमाडौंमा आधा जनसंख्या धूवा“धूलोबाट जोगिन मास्क लगाएर हि“ड्थे, अहिले कसैले लगाउनुपर्दैन,’ उनले भने । आफ्नो कार्यकालमा काठमाडौं उपत्यकाको सडकमा उल्लेख्य स्तरोन्नति भएको समेत दाबी गरे । सडकको समस्यालाई लिएर दसैंसम्म सरकार आलोचनामुक्त हुने उनको भनाइ छ ।

No comments:

Post a Comment