Sunday, June 9, 2019

प्रधानमन्त्री युरोपतिर

  • बेलायत र फ्रान्स पनि जाने
  • भ्रमण टोली २० सदस्यीय
काठमाडौं, २५ जेठ– युरोपका तीन देशको साताव्यापी भ्रमणका लागि प्रधानमन्त्री केपी ओली शनिबार साँझ त्यसतर्फ प्रस्थान गरेका छन् । २० सदस्यीय भ्रमण दलको नेतृत्व गर्दै ओली स्विट्जरल्यान्डको भियनातर्फ लागेका हुन् । भियनापछि प्रधानमन्त्री ओलीले बेलायत र फ्रान्स भ्रमण गर्ने कार्यक्रम छ ।
भियनामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सहभागी हुन ओली जेनेभा गएका हुन् । उनी त्यहा“ अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को शतवार्षिकीका अवसरमा आयोजना हुने विशेष समारोहमा सहभागी हुनेछन् । उनले सोमबार विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ । जेनेभामा रह“दा साइडलाइनमा प्रधानमन्त्री ओलीले टर्कीका उपराष्ट्रपति फुअट ओकाट्या, नर्वेका प्रधानमन्त्री, स्विट्जरल्यान्डका पूर्वराष्ट्रपति, फेडरल काउन्सिलरलगायतस“ग भेट गर्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
प्रधानमन्त्री ओली जुन १० मा बेलायतको औपचारिक भ्रमणमा जानेछन् । सोही दिन उनले अक्सफोर्ड युनिभर्सिटीको अक्सफोर्ड युनियनले आयोजना गर्ने ‘शान्ति, प्रजातन्त्र र विकास’ विषयक कार्यक्रममा सम्बोधन गर्नेछन् । ‘नेपालको शान्ति प्रक्रिया, प्रजातन्त्र र समृद्धिको यात्रा’ का विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयको भनाइ छ ।
प्रधानमन्त्री ओलीले बेलायती प्रधानमन्त्री थेरेसा मेस“ग जुन ११ मा ‘१० डाउनिङ स्ट्रिट’ मा भेटवार्ता गर्ने कार्यक्रम छ । बेलायतको अल पार्टी पार्लियामेन्ट्री ग्रुपले आयोजना गर्ने कार्यक्रममा समेत ओली सहभागी हुनेछन् ।
बेलायतपछि प्रधानमन्त्री ओली जुन १२ मा फ्रान्स जानेछन् । जुन १३ मा त्यहा“का प्रधानमन्त्री एडवर्ड फिलिपस“ग द्विपक्षीय भेट गर्ने र व्यापारिक तथा उद्योगीहरूस“ग छलफल गर्ने कार्यक्रम छ । जुन १५ मा युरोपभरका नेपाली राजदूतलाई पेरिसमा निर्देशन दिने कार्यक्रम पनि रहेको मन्त्रालयले जानकारी दिएको छ ।
भ्रमण दलमा प्रधानमन्त्री ओली पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट, परराष्ट्र सचिव शंकरदास वैरागी, परराष्ट्र प्रवक्ता भरतराज पौड्याल, शिष्टाचार महापाल गेहेन्द्र राजभण्डारी, परराष्ट्रको युरोप अमेरिका महाशाखा प्रमुख घनश्याम भण्डारी, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, प्रतिनिधिसभाको उद्योग, वाणिज्य श्रम तथा उपभोक्ता समितिका सभापति विमल श्रीवास्तव, नेकपा सांसद विन्दा पाण्डेलगायत छन् ।
ओली १६ जुनमा नेपाल फर्कनेछन् ।

No comments:

Post a Comment