Wednesday, January 1, 2014

अमेरिकी ग्रिनकार्ड होल्डर राउत सभासद

पार्टी प्रवक्ता भन्छन्– ‘उहा“ ग्रिनकार्ड होल्डर नै हो’
काठमाडौं, १७ पुस– कुनै पनि सरकारी कर्मचारीले अर्को देशको ‘ग्रिनकार्ड’ लिनका लागि निवेदन दिन पनि सेवाबाट राजिनामा दिनुपर्छ । राजिनामा नदिई कुनै कर्मचारीले ग्रिनकार्ड लिएको पाइए सरकारले उसलाई कानुनी कारबाही गरी सेवाबाट बर्खास्त गर्ने निर्णय मन्त्रिपरिषदको छ । जुन देशको नागरिकता लिन लागेको हो, त्यो कर्मचारी नेपालप्रतिभन्दा त्यही मुलुकप्रति बफादार हुन सक्ने भएकाले सरकारले ग्रिनकार्ड लिनुअघि नै राजिनामा दिनुपर्ने व्यवस्था गरेको हो ।
तर यहा“ एउटा जिम्मेवार पार्टीले संविधान, कानुन र मन्त्रिपरिषदको निर्णयको खिल्ली उडाउ“दै विदेशी मुलुकको ग्रिनकार्ड लिइसकेकी व्यक्तिलाई संविधानसभामा समानुपातिक सिटबाट सभासद बनाउन निर्वाचन आयोगमा नाम सिफारिस गरिसकेको छ । उनी हुन् राष्ट्रिय मधेस समाजवादी पार्टी (रामसपा) की राष्ट्रिय सल्लाहकार निर्जला राउत । उनको नाम आयोगबाट समानुपातिक सिटबाट संविधानसभा सदस्य घोषणा हुनमात्र बा“की छ ।
पार्टीले समानुपातिकतर्फ आफूले पाएको तीन सिटमा राउतसहित महोत्तरीका धर्मेन्द्र साह र धनुषाका दिनेश साहको नाम सिफारिस गरिसकेको छ । उसले प्रत्यक्षमा एक सीट पनि पाएको थिएन ।
राउत अमेरिकाको ग्रिनकार्ड पाइसकेकी व्यक्ति हुन् । ग्रिनकार्ड अमेरिकामा नागरिकता पाउनुअघिको पहिलो चरण हो । उनी भारतीय मूलका अमेरिकी नागरिक क्रिस क्रिस्ननकी पत्नी हुन् । क्रिस अमेरिकामै बस्छन् ।
राउतले भने पतिसहित आफ्ना छोराछोरी सबै अमेरिकी नागरिक र ग्रिनकार्ड होल्डर भए पनि परिवारमा आफूमात्र ग्रिनकार्ड होल्डर नभएको दाबी गरिन् । ‘फेमिलीका अरू सबै ग्रिनकार्ड होल्डर हुन् मैंले चाहि“ लिएकी छैन’ राउतले भनिन्, ‘म व्यापार गर्न नेपालमै बसिरहेकी छु ।’
रामसपाका प्रवक्ता इजहार मिकरानीले पनि राउत ग्रिनकार्ड होल्डर भएको पुष्टि गरे । ‘उहा“का पति अमेरिकी नागरिक हुन्, उहा“ पनि अमेरिकी ग्रिनकार्ड होल्डर हुनुहुन्छ’ मिकरानीले भने– ‘ग्रिनकार्ड होल्डर भएकाले उहा“को सभासद पद धरापमा छ’ मिकरानीले भने ।
मुलुकको संविधान, कानुन र सरकार बनाउने विदेशी नागरिक हुने क्रममा रहेकी व्यक्ति नेपालको सभासद हुनु नागरिकता ऐनको मर्मविपरीत रहेको पूर्व गृह प्रशासकहरू बताउ“छन् । ती अधिकारी अमेरिकाको नागरिकता लिने क्रममा रहेको व्यक्ति नेपालभन्दा अमेरिकाप्रति नै ‘लोयल’ हुने भएकाले यहा“को सभासद् बन्न कानुनी, राजनीतिक र नैतिक रूपमा नमिल्ने बताउ“छन् ।
‘नागरिकता ऐनमा विदेशी नागरिकता लिनासाथ नेपालको नागरिकता स्वतः रद्द हुने व्यवस्था छ । ग्रिनकार्ड पाउनासाथ कुनै पनि व्यक्ति नेपालको नागरिकता छाडेर विदेशी नागरिक हुन लागेको प्रस्ट हुन्छ । त्यस्तो कुनै पनि व्यक्ति नेपालको सभासद हुन राजनीतिक र नैतिक रूपमा मिल्दैन, कानुनी रूपमा सभासदको वैधानिकतामाथि प्रश्न उठ्छ’ पूर्व गृह सचिव उमेश मैनालीले भने ।
उनले सरकारले विदेशको ग्रिनकार्ड लिएको वा लिन लागेको व्यक्तिको लोयल्टी स्वदेशप्रति नभई विदेशप्रति हुने भएकाले ग्रिनकार्ड लिनका लागि निवेदन दिनुअघि नै सरकारको पूर्व स्वीकृति लिनुपर्ने र राजिनामा दिनुपर्ने निर्णय मन्त्रिपरिषदको रहेको बताए ।
पूर्वसभासद एवं कानुनविद अग्नि खरेलले पनि विदेशी ग्रिनकार्ड होल्डर व्यक्तिको लोयल्टी अर्कै मुलुकप्रति हुने भएकाले नेपालको संविधानसभामा बसेर संविधान बनाउने भूमिका कसरी इमानदारीपूर्वक निर्वाह गर्न सक्छन् भन्ने प्रश्न उठ्ने बताए ।
‘सभासद हुन नेपाली नागरिक हुनुपर्छ । ग्रिनकार्ड होल्डर नेपाली नागरिकता छाडेर व्यक्ति विदेशी नागरिक हुन लागेको व्यक्ति हो । ग्रिनकार्ड होल्डर व्यक्तिको लोयल्टी नै अर्कै मुलुकप्रति हुने भएकाले राजनीतिक र नैतिक रूपमा सभासद कसरी हुन सकिन्छ भन्ने प्रश्न उठ्छ’ खरेलले भने ‘ग्रिनकार्ड बचाएर अमेरिकी नागरिकता पाउन अमेरिका गएर वर्षैपिच्छे निश्चित समय बसोबास गनुपर्ने व्यक्ति राजनीतिक रूपमा पनि नेपालको संविधान लेख्नेजस्तो महत्वपूर्ण काम सक्रिय भइरहन सक्छन् ?’
राउत र उनका पतिको नाममा नेपालमा विदेशी लगानीको अम्बेश्वर इन्जिनियरिङ कम्पनी छ । उक्त कम्पनीले काली गण्डकी कोभान नामक जलविद्युत् आयोजनाको लाइसेन्स लिएर सम्भाव्यता अध्ययनको काम अगाडि बढाइरहेको छ ।

No comments:

Post a Comment