Monday, January 6, 2014

भन्सार अधिकृतसहित तीनविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं, २२ पुस– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा कपिलवस्तु जिल्लास्थित कृष्णनगर भन्सार कार्यालयका शाखा अधिकृत हिमलाल शर्मासहित तीन जनाविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । भ्रटाचारको मुद्दा दायर गरिएकामा नायव सुब्बा सब्बिर अलि पठान र खरिदार श्यामचन्द्र सिंह छन् ।
अख्तियारले सोमबार विज्ञप्ति जारी गरी शर्मासहितका तीन कर्मचारीले न्यू पश्चिमाञ्चल ट्रेकर्सस“ग मिलेमतो गरी थौरैको भन्सार तिराउने र धेरै परिमाण सामानको भन्सार नतिराई भ्रष्टाचार गरी व्यक्तिगत लाभ लिएर राज्यलाई हानि–नोक्सानी पु¥याएकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको जनाएको छ ।
शर्मासहितले बद्नियतपूर्वक घटी राजस्व निर्धारण गरी राज्यलाई २ लाख ८६ हजार ३६ रुपैया“ हानि–नोक्सानी पु¥याएको र त्यति रकमलाई बिगो कायम गरी भ्रष्टाचार निवारण ऐनअनुसार उनीहरूलाई डेढ वर्षसम्म सजाय र बिगोबराबरको जरिवाना गर्न अख्तियारले अभियोगपत्रमा मागदाबी गरेको छ ।

No comments:

Post a Comment