Tuesday, January 14, 2014

कांग्रेसमा प्रधानमन्त्रीका लागि विवाद छैन : पार्टीका नेता



  • प्रधानमन्त्रीमा सहमति नभए लोकतान्त्रिक विधिबाट नेता चयन
काठमाडौं, ३० पुस– कांग्रेस नेताहरूले पार्टीमा प्रधानमन्त्रीका लागि बाहिर आएजस्तो विवाद नरहेको दाबी गरेका छन् । कांग्रेस निकट वरिष्ठ पत्रकारहरूको स्वशासन प्रकाशन प्रालिले सुरु गरेको पाÔिक पत्रिका ‘थिति’ को मंगलबार राजधानीमा संयुक्त रूपमा लोकापणर््ँ गर्दै उनीहरूले पार्टीभित्र प्रधानमन्त्रीमा सर्वसम्मति नभए लोकतान्त्रिक विधिबाट नेता चयन गरिने बताएका छन् ।
‘सरकारको नेतृत्वबारे बाहिर आएजस्तो पार्टीमा कुनै विवाद छैन । प्रधानमन्त्री को हुने भन्ने विषयमा सहमति नभए लोकतान्त्रिक अभ्यासबाटै टुंगो लगाइनेछ’ कांग्रेस उपसभापति रामचन्द्र पौडेलले भने– ‘लोकतान्त्रिक पार्टीमा नेतृत्वका लागि संघर्È, विवाद र प्रतिस्पर्धा हुनु स्वभाविकमात्र होइन लोकतान्त्रिक अभ्यास पनि हो ।’
वरिष्ठ नेता शेरबहादुर देउवाले कांग्रेसमा प्रधानमन्त्रीको हुने भन्ने सवालमा निर्णयमा पुग्न पार्टीभित्रको सन्तुलनलाई ख्याल गर्नुपर्छ भन्दै घुमाउरो पारामा ‘एक व्यक्ति एक पद’ हुनुपर्ने अडान व्यक्त गरेका छन् ।
कांग्रेसका तीनै जना शीर्È नेताले जनादेशअनुरूप आफ्नो पार्टीको नेतृत्वमा सहमतीय सरकार गठन गरी एक वर्Èभित्रै लोकतान्त्रिक संविधान निर्माण्ँ गर्ने प्रतिबद्धता व्यक्त गरेका  । उनीहरूले संविधानसभा चुनावमा कांग्रेसले जनतालाई एक वर्Èभित्रमा संविधान दिने वाचा गरेअनुरूप संविधान निर्माण्ँको कामलाई छिटो सम्पन्न गर्न आफूहरू लागि पर्ने बताएका हुन् ।


सभापति सुशील कोइरालाले कांग्रेसको नेतृत्वमा सहमतीय सरकार बनाएर ६ महिनाभित्रमा संविधानको मस्यौदा तयार पारेर एक वर्Èभित्रमा संविधान दिने प्रतिबद्धता व्यक्त गरे । उनले संविधान निर्माण र सरकार गठनमा सबै दललाई सहमतिमा ल्याएर जनताले कांग्रेसलाई दिएको जिम्मेवारी पूरा गर्ने बताए ।
देउवाले सरकार गठन गरी एक वर्Èभित्रैमा संविधान बनाउन कांग्रेस केन्द्रित हुनुपर्ने आवश्यकता औंल्याए । सहमतीय सरकार गठन र एक वर्Èभित्रैमा संविधान जारी गर्न पार्टी एकजुट हुनुपर्ने आवश्यकतासमेत औंल्याए ।  उपसभापति पौडेलले जनताको चाहनाअनुरूपको लोकतान्त्रिक संविधान बनाउन कांग्रेस प्रतिबद्ध रहेको बताए ।
कांग्रेसले सभासदलाई प्रशिक्षण दिने
कांग्रेसले संविधान सभा र संसदीय विधिबारे आङ्खना सभासदहरुलाई प्रशिÔण्ँ दिने भएको छ । उपसभापति पौडेल अध्यक्ष रहेको केन्द्रीय नीति तथा प्रशिÔण्ँ प्रतिष्ठानको मंगलवार बसेको वैठकले आङ्खना सभासदहरुलाई संविधानसभा र संसदीय विधि प्रक्रिया, त्यसको अभ्यास, संसद्मा पार्टीका तर्फबाट खेल्नु पर्ने भूमिका लगायतबारे प्रशिÔण्ँ दिने निणर््ँय गरेको हो ।
बैठकले पार्टीका तर्फवाट संविधानसभाको दोस्रो निर्वाचनवाट निर्वाचित प्रत्यÔ तथा समानुपातिक प्रण्ाँलीबाट निर्वाचित पार्टीका एक सय ९६ सभासदलाई संविधानसभा, व्यवस्थापिका संसदको कार्यविधि त्यसको प्रक्रिया लगायतवारे जानकारी दिइने प्रतिष्ठानका अध्यक्ष पौडेलले जानकारी दिए ।
उक्त प्रशिÔण्ँ कार्यक्रममा संविधानसभा, व्यवस्थापिका संसद र तिनका ऐन नियम, कार्यविधि, शून्य समय, विशेÈ समयलगायतवारे सभासदहरूलाई सिकाइने छ । प्रशिÔण्ँका क्रममा पहिलो संविधानसभामा कांग्रेसले खेलेको भूमिकाबारे पनि सभासदहरूलाई जानकारी गराउने कार्यक्रम छ ।
प्रतिष्ठानको प्रशिÔण्ँ कार्यक्रम पार्टी कार्यालय सानेपामा माघ ५ गते हुनेछ भने पार्टीका सभासदहरूलाई माघ ४ गते स्वागत गर्ने कार्यक्रम राखिएको छ । प्रतिष्ठानका सभापति पौडेलसहित नेता नरहरि आचार्य, निलाम्वर आचार्य, सभासद रमेश लेखकलगायतल सभासदहरूलाई संविधानसभा व्यवस्थापिका संसदको प्रक्रिया र विधिवारे प्रशिक्षण दिनेछन्  छ ।

No comments:

Post a Comment