Friday, January 31, 2014

राष्ट्रिय सहमति जुटाउन भोलि सर्वदलीय बैठक

भोलि सहमति नभए कांग्रेसले बहुमतीय प्रक्रिया सुरु गर्ने
काठमाडौं, १७ माघ–  संविधानसभाको ठूलो दल कांग्रेसले आफ्ना पार्टी सभापति सुशील कोइरालाको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनका लागि समझदारी जुटाउन शनिबार सर्वदलीय बैठक बोलाएको छ ।
सहमतिको सरकार निर्माणको अन्तिम प्रयासका लागि संविधानसभामा प्रतिनिधित्व भएका ३० दल र २ स्वतन्त्र सभासदलाई सर्वदलीय बैठकका आउन लिखित आमन्त्रण गरिएको जानकारी कांग्रेस महामन्त्री प्रकाशमानसिंहले जानकारी दिए । ‘हामीले शनिबार सर्वदलीय बैठकका लागि सबै पार्टी अध्यÔ र दुई स्वतन्त्र सभासदलाई पत्राचार गरिसकेका छौं’ सिंहले भने ।
कांग्रेसले सहमतिको सरकार निर्माणका लागि दोस्रोपटक सर्वदलीय बैठक बोलाएको हो । उसले नै यसअघि मंगलबार सर्वदलीय बैठक बोलाएको थियो । पहिलो बैठकबाट सहमतिको सरकार नबन्ने संकेत मिलिसकेकाले अन्तिम प्रयास गर्न कांग्रेसले पुनः सर्वदलीय बैठक बोलाएको हो ।
राप्रपा नेपालले सरकारमा नजाने घोषणा गरिसकेको छ  भने पहिलो सर्वदलीय बैठकमा एमाओवादी र मधेसी जनअधिकार फोरमले कांग्रेसलाई आफ्नो पार्टीमा सत्तामा नजाने जानकारी गराइसकेकाले सहमतिको सरकार नबन्ने प्रायः निश्चित भइसकेको छ ।
कांग्रेसले दोस्रो सर्वदलीय बैठकबाट सहमतिको सरकार निर्माणका लागि समझदारी नबनेमा समय खेर नफाली तुरुन्तै बहुमतीय प्रणालीबाट सरकार निर्माणको प्रक्रिया अघि बढाउने जानकारी महामन्त्री सिंहले दिए ।
उनका अनुसार कांग्रेसले सहमतिको सरकार गठनका लागि समय थप्न राष्ट्रपतिलाई आग्रह नगर्ने भएको छ । राष्ट्रपतिले सहमतिको सरकार गठन गर्न दलहरूलाई दिएको सात दिनको समय आइतबार सकिंदैछ । संविधानअनुसार राष्ट्रपतिले दलहरूको आग्रहबिना नै सहमतिको सरकार निर्माण गर्ने समयावधि थप्न सक्छन् । तर, दलहरूले सहमतिको सरकार बन्ने वातावरण नरहेको जानकारी गराएमा भने राष्ट्रपतिले समय नथप्न सक्ने जानकारी शीतल निवास स्रोतले दिएको छ ।
‘सरकार निर्माणका लागि राष्ट्रिय सहमति बन्ने÷नबन्ने कुरा शनिबारको सर्वदलीय बैठकबाट तय हुन्छ । सहमति भनेर धेरै समय अलमलिनुहुन्न । राष्ट्रिय सहमति बन्दैन भने तत्काल बहुमतीय सरकार निर्माणमा जानुपर्छ भन्ने पक्षमा कांग्रेस छ’ सिंहले भने ।
उनले संविधानसभाबाट जतिसक्दो छिटो संविधान निर्माणको प्रक्रिया अघि बढाउन पनि तत्काल सरकार गठन हुनु अनिवार्य भएको बताए । ‘संविधानसभाबाट संविधान निर्माण कार्य सुरु गर्न सरकार तत्काल बन्नु आवश्यक छ, यसमा ढिलाइ गर्नुहुन्न’ उनले भने ।
यसैबीच सभापति कोइरालाले आङ्खनो नेतृत्वमा सहमतिको सरकार गठन गर्न पहल भइरहेको उल्लेख माघ १९ सम्ममा समझदारी हुन नसके बहुमतीय प्रक्रिया सुरु हुने बताएका छन् । महामन्त्री सिंहले चाक्सीबारीस्थित आफ्नो निवासमा बिहीबार आयोजना गरेको चियापानमा कोइरालाले माघ १९ सम्ममा आफूले सहमतीय सरकार गठनका लागि पहल गर्ने बताएका हुन् । ‘मेरो नेतृत्वमा सहमतिको सरकार गठन गर्न मैले पहल थालेको छु’ उनले भने ‘सबैलाई मिलाएर सहमतीय सरकार गठन गर्छु ।” उनले माघ १९ सम्ममा सहमतीय नभए बहुमतबाट नया“ सरकार आउने बताए ।
नवनिर्वाचित सभासदको स्वागतका लागि आयोजना गरिएको चियापानमा कांग्रेसका सबैजसो संविधानसभा सदस्य, पार्टी पदाधिकारी, केन्द्रीय सदस्य, काठमाडौं जिल्ला समितिका पदाधिकारी एवं सदस्य तथा भातृ संगठनका नेता उपस्थित थिए ।

No comments:

Post a Comment