Thursday, January 2, 2014

उद्योगलाई २४ एै घण्टा बिजुली दिने तयारी

  • डेडिकेटेड लाइन उद्योग आपैmले बनाउनुपर्ने
  • विद्युत महसुल अन्य भन्दा महंगो
काठमाडौं, १८ पुस– विद्युत् प्राधिकरणले लोडसेडिङका कारण उत्पादन घटाउन वाध्य व्यवसायीलाई  डेडिकेटेड फिडर (औद्योगिक कोरिडोरमा सोझै जोडिएका प्रसारण लाइन) बाट चौबीसै घन्टा बिजुली दिने भएको छ ।
प्राधिकरण सञ्चालक समितिको मंगलबार बसेको बैठकले औधोगिक करिडोरमा रहेका उद्योगलाई डेडिकेटेड लाइनबाट चौबीसै घन्टा बिजुली दिने नीति पारित गरेको जानकारी ऊर्जा सचिव विश्वप्रकाश पण्डितले दिए । औद्योगिक कोरिडोरबाहेक अन्यत्र रहेका उद्योगहरूले पनि मागेमा उनीहरूलाई पनि डेडिकेटेड लाइनमार्फत् आवश्यकताअनुसारको पूरै समय बिजुली दिनेछ । त्यस्ता उद्योगले डेडिकेटेड लाइन निर्माणको खर्च भने बेहोर्नुपर्नेछ ।
उद्योगधन्दाहरूले डेडिकेटेड लाइनबाट चौबीसै घन्टा बिजुली पाउन विद्युत् महसुल बढी तिर्नुपर्नेछ । प्राधिकरणले डेडिकेटेड लाइनबाट उद्योगधन्दालाई चौबीसै घन्टा उपलब्ध गराइने बिजुलीको महसुल बढाइदिन विद्युत् महसुल निर्धारण आयोगलाई छिट्टै आग्रह गर्ने भएको छ । आयोगले मूल्य निर्धारण गरेपछि उद्योगधन्दालाई चौबीसै घन्टा बिजुली दिने नीति लागू हुनेछ ।
लोडसेडिङका कारण प्रतियुनिट बिजुली ३२ रुपैया“सम्म पर्ने डिजेल प्लान्ट चलाउन बाध्य हु“दा उद्योगधन्दा संकटमा पर्दै आएका छन् । प्राधिकरणबाट हालको भन्दा केही बढी मूल्यमा चौबीसै घन्टा बिजुली पाउन थालेपछि उद्योगधन्दा फस्टाउने विश्वास ऊर्जा मन्त्रालयका अधिकारीले व्यक्त गरे ।
ती अधिकारीका अनुसार उद्योगधन्दालाई बढीमा १ सय ५० मेगावाटसम्म बिजुली चौबीसै घन्टा दिइनेछ । उद्योगधन्दालाई बढी मूल्यमा दिंदा भारतबाट मह“गो मूल्यमा आयात गरिने बिजुलीको महसुल तिर्न प्राधिकरण र सरकारलाई समेत राहत हुनेछ । भारतबाट प्राधिकरणले प्रतियुनिट ८ रुपैया“का दरले बिजुली आयात गर्दै आएको छ ।





No comments:

Post a Comment