Thursday, January 9, 2014

खिम्ती र भोटेकोसीसितको पीपीए पुनरावलोकन गर्न निर्देशन

काठमाडौं, २५ पुस– सरकारले विदेशी लगानीका दुई आयोजना खिम्ती र भोटेकोसी जलविद्युत् आयोजनासितको विद्युत् खरिद दर (पीपीए) मा पुनरावलोकन गर्न विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ ।
मुख्यसचिव लीलामणि पौडेलको अध्यक्षतामा बसेको केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिको बैठकले ६० मेगावाटको खिम्ती र ४५ मेगावाटको भोटेकोसी आयोजनाको विद्युत् खरिद दर मह“गो भएकाले प्राधिकरणलाई तीन महिनाभित्र पुनरावलोकन गर्न निर्देशन दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
चर्को मूल्यमा, त्यो पनि अमेरिकी डलरमा पीपीए गरिएकाले नेपाली मुद्राको अवमूल्यनस“गै ती आयोजनाको विद्युतको दर प्राधिकरणका लागि धेरै मह“गो पर्दै आएको छ । ती आयोजनाका प्रवद्र्धकले उत्पादन लागत उठाएर फाइदासमेत गरिसकेकाले पीपीए दर घटाउनका लागि पहल गर्न प्राधिकरणलाई निर्देशन दिइएको जानकारी मन्त्रिपरिषद कार्यालयका एक अधिकारीले दिए ।
बढ्दो लोडसेडिङलाई मध्यनजर गरी विद्युत् उत्पादन तथा आपूर्ति बढाउन सरकारका तर्फबाट केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिले प्राधिकरणलाई विद्युत् चुहावट घटाउन, साना प्लान्टको मर्मत गर्न तथा प्राधिकरणको क्षमता बढाउनसमेत निर्देशन दिएको छ ।
समितिले विद्युत् आयोजनाका प्रवद्र्धकहरूसित पीपीए गर्दा राष्ट्रिय हितलाई ध्यान दिन, पेब्याक पिरियड अर्थात् आयोजनाले लागत उठिसकेपछि पीपीए दरमा पुनरावलोकन हुने प्रावधान राख्न तथा अस्वभाविक मूल्य बढाई फाइदा लिइएको पाइएमा कारबाही गर्न सक्ने प्रावधान राख्नसमेत प्राधिकरण र ऊर्जा मन्त्रालयलाई निर्देशन दिएको छ । सौर्य ऊर्जाको विस्तार र प्रवद्र्धन गरी ऊर्जा वृद्धि गर्नसमेत समितिले वैकल्पिक ऊर्जा प्रवद्र्धक केन्द्रलाई निर्देशन दिएको छ ।


No comments:

Post a Comment