Thursday, January 9, 2014

मन्त्रिपरिषदद्वारा सशस्त्रका १२ डीआईजीको सरुवा

काठमाडौं, २५ पुस– सरकारले सशस्त्र प्रहरीका १२ जना नायव प्रहरी महानिरीक्षक (डीआईजी) को सरुवा गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले १२ डीआईजीको सरुवा गरेको जानकारी सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री माधव पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार डीआईजीहरू प्रेमकुमार शाही, सिंहबहादुर श्रेष्ठ, दिवाकर केसी, निराकारविक्रम शाह, भीष्मकान्त अर्याल, देवेन्द्रकुमार सुब्बा, महावीर गुरुङ विभिन्न क्षेत्रीय मुख्यालयबाट सशस्त्र प्रहरी बल प्रधान कार्यालयका विभाग तथा प्रतिष्ठानमा सरुवा गरिएका छन् । डीआईजीहरू जितबहादुर पुन सुदुरपश्चिम क्षेत्रीय मुख्यालयमा, उत्तम खड्का मध्यपश्चिम मुख्यालयमा, शैलेन्द्र खनाल मध्य क्षेत्र मुख्यालयमा, नारायणध्वज थापा पश्चिमाञ्चल क्षेत्रीय मुख्यालयमा पुष्पराज केसी पूर्वाञ्चल मुख्यालयमा सरुवा भएका छन् ।
एडीबी र नर्डिक फन्डद्वारा करिब तीन अर्ब सहयोग
एसियाली विकास बैंक (एडीबी) र नर्डिक फन्डले नेपाललाई करिब तीन अर्ब रुपैया“ सहयोग गर्ने भएका छन् । नेपालमा पर्वतीय जलाधार संरक्षण कार्यक्रम सञ्चालनका लागि एडीबीले २ अर्ब ३२ करोड र नर्डिक फन्डले ४५ करोड रुपैया“ सहयोग गर्न लागेको जानकारी मन्त्री पौडेलले दिए । मन्त्रिपरिषद बैठकले एडीबी र नर्डिक फन्ड दुवैको सहायता स्वीकार गर्ने निर्णय गर्दै सहयोगसम्बन्धी सम्झौतामा हस्तान्क्षर गर्न अर्थमन्त्रालयलाई अख्तियारी प्रदान गरेको छ ।
सुडानमा नेपाली सेना
सरकारले आन्तरिक द्वन्द्वग्रस्त अफ्रिकी राष्ट्र दक्षिण सुडानमा संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमातहतमा ८ सय ५० जनाको नेपाली सेनाको डफ्फा पठाउने निर्णय गरेको छ । मन्त्रिपरिÈद् बैठकले दÔिण्ँ सुडानमा हाइटीस्थित शान्ति मिसनबाट ३ सय २५ र नेपालबाट ५ सय २५ गरी ८ सय ५० जना पठाउने निर्णय गरेको जानकारी मन्त्री पौडेलले दिए ।
टेलिकममा भट्टराई
नेपाल टेलिकममा अर्को व्यवस्था नभएसम्मका लागि नायव प्रबन्ध निर्देशक अनुपरञ्जन भट्टराईलाई प्रबन्ध निर्देशकको जिम्मेवारी दिएको छ । तत्कालीन प्रबन्ध निर्देशक अमरनाथ सिंहले उमेर हदका कारण्ँ अवकास पाएपछि उक्त पद रिक्त थियो ।

No comments:

Post a Comment