Thursday, January 9, 2014

यस आवभित्रै थप साढे ३५ मेगावाट विद्युत् थपिने

थप हुने विद्युतले लोडसेडिङ घटाउन होइन बढ्न नदिन मद्दत पु¥याउने
काठमाडौं, २५ पुस– मुलुकको विद्युत् प्रणालीमा यस आर्थिक वर्ष साढे ३५ मेगावाट जलविद्युत् थपिने भएको छ । स्वदेशी निजी लगानीकर्ताहरूले प्रवद्र्धन गरेका चारवटा जलविद्युत् आयोजना यसै आर्थिक वर्षभित्र सम्पन्न भई साढे ३५ मेगावाट विद्युत् उत्पादन सुरु हुने जानकारी स्वतन्त्र ऊर्जा उत्पादक संघका सुवर्णदास श्रेष्ठले जानकारी दिए ।
यस वर्ष सरकारी लगानी रहेका कुनै पनि आयोजनाबाट भने विद्युत् उत्पादन थपिने छैन । विद्युत् प्राधिकरणले ६० मेगावाट माथिल्लो त्रिशुली ३ ए, ३० मेगावाटको चमेलिया, ३२ मेगावाटको राहुघाट र १४ मेगावाटको कुलेखानी तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । सरकारले विद्युत् प्राधिकरणमार्फत् कम्पनी बनाएर ४ सय ५६ मेगावाटको माथिलो तामाकोसी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । तर, सरकारी कुनै पनि आयोजना यस आवमा सम्पन्न हुने छैनन् । आगामी वर्षमात्र चमेलिया र कुलेखानी तेस्रो जलविद्युत् आयोजना सम्पन्न भई विद्युत् उत्पादन सुरु हुने जानकारी प्राधिकरण स्रोतले दिए ।
यसै आर्थिक वर्षभित्र निर्माण सम्पन्न भई विद्युत् उत्पादन सुरु भइसक्ने आयोजनामा २२ मेगावाटको माई खोला, ६ मेगावाटको मेलुङ खोला, ४.४ मेगावाटको रा“दी खोला र ३ मेगावाटको भैरवकुण्ड छन् । मेलुङ, रा“दी र भैरवकुण्ड आयोजना करिब–करिब सम्पन्न भई  परिक्षण उत्पादन सुरु गर्ने अवस्थामा पुगेको जानकारी प्रवद्र्धकले दिए । यी चारवटै आयोजनाबाट असार मसान्तभित्र कमर्सियल रूपमै विद्युत् उत्पादन हुने जानकारीसमेत ती प्रवद्र्धकले दिए ।
यी चारवटा विद्युत् आयोजनाको कुल लागत ५ अर्ब रुपैया“भन्दा बढी रहेको प्रवद्र्धकहरू बताउ“छन् । आगामी असारदेखि विद्युत् उत्पादन सुरु हुने माई खोलाको लागत ३ अर्ब रुपैया“भन्दा बढी छ । यो आयोजना इलाममा पर्छ । माई खोला आयोजना गैर आवासीय नेपालीहरूको लगानी रहेको सानिमा माई हाइड्रो पावर लिमिटेडले निर्माण गरेको हो ।
४ मेगावाटको रा“दी खोला आयोजना निर्माण गर्न कुल लागत ६३ करोड रुपैया“ पर्ने जानकारी प्रवद्र्धक विनय भण्डारीले दिए । उनका अनुसार उक्त आयोजनाबाट आगामी चैतदेखि उत्पादन सुरु हुने जानकारी दिए । उक्त आयोजना लमजुङको घेर्मु गाविसमा पर्छ ।
सिन्धुपाल्चोकको तातोपानी नजिक पर्ने भैरवकुण्ड आयोजनाको लागत ६० करोड रुपैया“ पर्ने जानकारी प्रवद्र्धकले दिए । रसुवामा पर्ने निर्माण पूरा हुन लागेको अर्को मेलुङ खोला आयोजनाको लागत झन्डै एक अर्ब रुपैया“ छ ।
मुलुकमा वर्षेनि विद्युत्को माग ८० मेगावाटभन्दा बढीले वृद्धि भइरहेको छ । त्यही कारण यी चारवटा आयोजनाबाट थप हुने साढे ३५ मेगावाट विद्युत्ले मुलुकको लोडसेडिङ घटाउने छैनन्, तर लोडसेडिङ बढ्न नदिन भने मद्दत पु¥याउने प्राधिकरणका अधिकारी बताउ“छन् ।
हाल मुलुकमा ३८ वटा आयोजनाबाट कुल ७००.४ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । यी चार आयोजना पूरा भई उत्पादन सुरु भएपछि मुलुकको विद्युत् प्रणालीमा कुल उत्पादन ७ सय ३६ मेगावाट पुग्नेछ । तापीय विद्युत् उत्पादन केन्द्रको ५३.४ मेगावाटलाई जोड्ने हो भने मुलुकको विद्युत् प्रणालीको कुल क्षमता ७ सय ८९.४ मेगावाट पुग्नेछ ।

No comments:

Post a Comment