Saturday, January 4, 2014

अब सबै तहका अदालत बिहान ९ देखि

काठमाडौं, २० पुस– सर्वोच्च अदालतसहित मातहतका सबै पुनरावेदन र जिल्ला अदालत आइतबारदेखि बिहान ९ बजेदेखि खुला हुने भएका छन् । सर्वोच्चले आफ्ना सबै शाखा एक घन्टाअगावै अर्थात् ९ बजेदेखि खुला राख्न परिपत्र गरिसकिएको जनाएको छ ।
सर्वोच्च अदालतका प्रवक्ता श्रीकान्त पौडेलले भत्ता खाने र काम नगर्ने प्रवृत्ति अन्त्य गर्न ९ बजेदेखि नै सबै तहका न्यायालय खुला गर्न लागिएको जानकारी दिए । उनका अनुसार बिहान ९ बजेदेखि कार्यालय खुला गर्दा सबै तहका अदालतका आन्तरिक कामकारबाही चुस्त हुने, मुद्दाको छिनोफानो छिटोछरितो, फैसला तयार पार्नेदेखि सबै काम कारबाही सहज हुने र सेवाग्राहीलाई समेत सजिलो हुनेछ ।
सबै तहका अदालत अब हिउ“दयाम (कात्तिक १६ देखि माघ १५ सम्म) बिहान ९ देखि ४ बजेसम्म र अरू समयमा बिहान ९ देखि बेलुका ५ बजेसम्म खुला रहनेछन् । बढी समय कार्यालयमा खटिएबापत अदालतका कर्मचारीलाई सरकारले उनीहरूले सम्पादन गर्ने कामका आधारमा बढीमा ५० प्रतिशतसम्म प्रोत्साहन भत्ता दिने निर्णय गरेको जानकारीसमेत सर्वोच्चका अधिकारीले दिए ।

No comments:

Post a Comment