Tuesday, January 28, 2014

६ सचिवका लागि १६ सहसचिवको नाम सिफारिस

न्याय सेवाका सहसचिवको बाहुल्य
काठमाडौं, १४ माघ– विभिन्न मन्त्रालय र निकायमा रिक्त छ सचिवमा बढुवाका लागि १६ जना सहसचिवको नाम सिफारिस गरिएको छ । लोकसेवा आयोगकी कार्यवाहक अध्यÔ कयोदेवी यमीको अध्यÔतामा सोमबार बसेको बढुवा समितिको बैठकले १६ जनाको नाम सिफारिस गरेको जानकारी स्रोतले दिएका छन् ।
स्रोतका अनुसार अध्यादेशमार्फत् संशोधित निजामती ऐनको रिक्त पदमध्ये २० प्रतिशत सिटमा सबभन्दा वरिष्ठलाई सिफारिस गर्ने नया“ व्यवस्थाअनुसार रिक्त ६ सचिवमध्ये एक पदमा बढुवा गर्न समितिले सबभन्दा ज्येष्ठ सहसचिव प्रभाकर पाठकको नाम सिफारिस गरेको छ । रिक्त पदमध्ये वरिष्ठबाट बढुवा हुने २० प्रतिशतमा जति पद हुन्छन्, त्यति जनामात्र सिफारिस गर्ने र सरकारले उनैलाई बढुवा गर्नुपर्ने प्रावधान निजामती ऐनमा छ । पाठक कृषि मन्त्रालयमा कार्यरत छन् ।
कार्यसम्पादन मूल्यांकन र वरिष्ठताका आधारमा पदोन्नति हुने बा“की पा“च सचिवका लागि समितिले निजामती ऐनअनुसार आवश्यकताभन्दा तेब्बर संख्यामा १५ जना सहसचिवको नाम सिफारिस गरेको छ । निजामती ऐनको सचिव पदका लागि तेब्बर संख्यामा सिफारिस गर्ने प्रावधानअनुसार समितिले पा“च सचिवका लागि पा“च वर्È सेवा अवधि पूरा गरेका सहसचिवहरूमध्ये कार्यसम्पादन मूल्यांकन र ज्येष्ठताका आधारमा बढुवा गर्न १५ जनाको नाम सिफारिस गरेको हो ।
सचिव बढुवाका लागि सिफारिस भएका सहसचिवमा वरीयताक्रमअनुसार अनुपकुमार उपाध्याय, चण्डिराज दाहाल, हरिकुमार श्रेष्ठ, नारायण्ँ रेग्मी,  राजेन्द्र सुवेदी, मधु रेग्मी, रञ्जनकृष्ण्ँ अर्याल,  भोला शिवाकोटी, शरदचन्द्र पौडेल, नरेन्द्रमान श्रेष्ठ, बद्री गोतम, सुनिलबहादुर मल्ल, लक्ष्मण मैनाली, कमलशाली घिमिरे, रामकुमार आचार्य छन् । सिफारिसमा पर्नेमा न्याय सेवाका सहसचिव बढी छन् । सिफारिसमा परेकामा न्याय सेवाका ८, सामान्य प्रशासन समूहका ५, पाठकसहित प्राविधिक तीन सहसचिव छन् ।
सचिव बढुवामा सिफारिस भएका सहसचिवहरूमध्ये अनुपकुमार उपाध्याय सार्वजनिक खरिद अनुगमन कार्यालय, हरिकुमार श्रेष्ठ उपराष्ट्रपति कार्यालय, मधु रेग्मी राष्ट्रिय सतर्कता केन्द्र र भोला शिवाकोटी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा कामु सचिव छन् ।
कामु सचिव भएकाहरू सबैलाई सचिवमा बढुवा गरियो भने सिफारिस भएका बा“की एघारमध्ये एक जनाले मात्र पदोन्नति हुने अवसर पाउ“छन् । रक्षा, भूमिसुधार र परराष्ट्रमा भने क्रमशः द्वारिका सिटौला, कृष्णराज बीसी र शंकर बैरागी निमित्त सचिव छन् । पदोन्नतिको प्रक्रिया सुरु भइसकेपछिमात्र परराष्ट्र सचिव अर्जुनबहादुर थापा माघ १ मा ५८ वर्ष पुगी अनिवार्य अवकास पाएकाले उनको पदमा यसपटक बढुवा गरिने छैन ।
सर्वोच्च अदालतको आदेशमा बढुवा समितिले निजामती सेवाको प्रशासन समूहतर्फको रिक्त सचिव बढुवाका लागि दोस्रोपटक न्याय सेवाका सहसचिवहरूको नामसमेत सिफारिस गरेको छ । सर्वोच्चले विभिन्न मन्त्रालय र निकायको सचिव बढुवामा न्याय सेवा (कानुन, वकालत र न्याय प्रशासन समूह) का सहसचिवलाई समेत सम्भाव्य उम्मेदवार बनाउन चार महिनाअघि सरकारलाई आदेश दिएको थियो ।
विभिन्न मन्त्रालय र निकायमा कार्यरत अरू समूहका सहसचिवहरूले कानुन सेवाका सहसचिवहरूलाई आङ्खनो र न्याय प्रशासर्न दुवैतर्फ सचिवमा बढुवा हुन पाउने पÔपातपूणर््ँ व्यवस्था गरिएकामा विरोध गर्दै आएका छन् ।











No comments:

Post a Comment