Friday, January 24, 2014

मन्त्रिपरिषदद्वारा अधिकारी दम्पतीलाई अनसन तोड्न अपिल

काठमाडौं, १० माघ– सरकारले गोरखा फुजेलका अधिकारी दम्पतीलाई आमरण अनसन तोड्न बिहीबार अपिल गरेको छ । मन्त्रिपरिषदको बिहीबार दिउ“सो बसेको बैठकले अधिकारी दम्पतीका छोरा कृष्णप्रसाद अधिकारीको हत्याको छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उनीहरूलाई अनसन तोड्न आग्रह गरेको जानकारी सूचना तथा सञ्चारमन्त्री माधव पौडेलले जानकारी दिए ।
गोर्खा निवासी नन्दप्रसाद अधिकारी तथा गंगामाया छोरा कृष्णप्रसादको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै गत कात्तिक ७ देखि राजधानीमा आमरण अनसनमा बस्दै आएका छन् । सरकारले अधिकारी दम्पतीलाई अनसन तोडी सामान्य जीवनयापन फर्काउनका लागि सहयोग गर्न सबै दल, मानव अधिकारीकर्मी र नागरिक समाजलाई समेत आह्वान गरेको छ ।सरकारले गोरखा फुजेलका अधिकारी दम्पतीलाई आमरण अनसन तोड्न बिहीबार अपिल गरेको छ । मन्त्रिपरिषदको बिहीबार दिउ“सो बसेको बैठकले अधिकारी दम्पतीका छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न व्यक्तिलाई कारबाही गर्न सरकार छानबिन गर्न क्रियाशील र प्रतिबद्ध रहेको उल्लेख गर्दै उनीहरूलाई अनसन तोड्न आग्रह गरेको जानकारी सूचना तथा सञ्चारमन्त्री माधव पौडेलले जानकारी दिए ।

गोर्खा निवासी नन्दप्रसाद अधिकारी तथा गंगामाया छोरा कृष्णप्रसादको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै गत कात्तिक ७ देखि राजधानीमा आमरण अनसनमा बस्दै आएका छन् । सरकारले अधिकारी दम्पतीलाई अनसन तोडी सामान्य जीवनयापन फर्काउनका लागि सहयोग गर्न सबै दल, मानव अधिकारीकर्मी र नागरिक समाजलाई समेत आह्वान गरेको छ ।

No comments:

Post a Comment