Wednesday, January 15, 2014

बेलायती राजदूतद्वारा कोइरालासित भेटवार्ता

काँग्रेस सभापति सुशील कोइराला
काठमाडौं, १ माघ– नेपालका लागि बेलायतका राजदूत एण्ड्रयू जेम्स स्पार्कले कांग्रेस सभापति सुशील कोइरालासित बुधबार बिहान भेटवाताए गरेका छन् । कोइरालाको महाराजगञ्जस्थित निवासमा भएको भेटवार्ता संविधानसभा निर्वाचन, संविधानसभाको आसन्न बैठक, संविधान निर्माण र दुई देशका आपसी सम्बन्धमा केन्द्रित भएको जानकारी कांग्रेसले दिएको छ ।
कोइरालाका स्वकीयसचिव लक्ष्मण ढकालद्वारा जारी विज्ञप्तिमा अनुसार भेटका अवसरमा राजदूत जेम्सले संविधानसभाको निर्वाचनमा कांग्रेसलाई सबभन्दा ठूलो दलका रूपमा विजयी गराएको र मुलुकको जटिल राजनीतिक अवस्थालाई सामान्य बनाउन सभापति कोइरालाले गरिरहेको निरन्तर प्रयासको सराहना गरेका थिए ।

कोइरालाले ६ महिनामा संविधानको मस्यौदा सार्वजनिक गरी १ वर्षमा संविधान जारी गर्न कांग्रेसले सबै दलहरूलाई सहमतिमा ल्याउने प्रयास गरिरहेको जानकारी गराएका थिए । उनले अघिल्लो संविधानसभामा सहमति भइसकेका विषय ससर्ती पुनरावलोकन गरी सहमतिमा जान सकिने र शासकीय स्वरूप र संघीयताजस्ता पहिलेका विवादित विषयमा नया“ संविधानसभाबाट सहमति खोजिने, हुन नसके जनमतसंग्रहमा गएर भए पनि १ वर्षमा संविधान ल्याउन दलहरू प्रतिबद्ध रहेको बताएका थिए ।
कोइरालाले कांग्रेसले संविधान निर्र्माणलाई प्राथमिकतामा राखेको स्पष्ट पारेका थिए । संविधानसभाको बैठक आह्वान भइसकेको र सपथग्रहणको दिन निर्धारित भइसकेकोले नया“ सरकार गठनको प्रक्रियाले पनि छिटो आकार लिने बताएका थिए । उनले संसदीय लोकतान्त्रिक व्यवस्थाको जननी मानिने बेलायतले नेपालको आर्थिक सामाजिक विकासमा पु¥याएको योगदानको प्रशंसा गर्दै आउ“दा दिनमा द्विपक्षीय सम्बन्ध अझ सुमधुर हुने विश्वास व्यक्त गरेका थिए ।

No comments:

Post a Comment