Friday, January 3, 2014

घाइते कायस्थलाई अब मासिक पन्ध्र हजार

काठमाडौं, १९ पुस– सरकारले जनआन्दोलन–२०६२÷६३ का घाइते मुकेश कायस्थलाई दिंदै आएको सुविधामा ५ हजार रुपैया“ले वृद्धि गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले अचेत अवस्थामा रहेका घाइते कायस्थलाई माघ १ देखि लागू हुने गरी मासिक १५ हजार रुपैया“ दिने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता सञ्चारमन्त्री माधव पौडेलले जानकारी दिए ।
राजीनामा स्वीकृत
मन्त्रिपरिषदले दलित आयोगका सदस्य शम्भु हजारा पासवानले दिएको राजिनामा स्वीकृत गरेको छ ।
मगर संघलाई ५ लाख
सरकारले नेपाल मगर संघलाई माघे संक्रान्ति पर्व मनाउन सहयोगस्वरूप ५ लाख रुपैया“ दिने निर्णय गरेको छ ।
विरुवा संरक्षण निर्देशनालय गठन
सरकारले बिरुवा संरक्षणसम्बन्धी महासन्धि कार्यान्वयनका क्रममा कृषि विकास मन्त्रालयअन्तर्गत रहेको बाली संरक्षण निर्देशनालयलाई बिरुवा संरक्षण निर्देशनालयमा रूपान्तरण गर्ने निर्णय गरेको छ ।

No comments:

Post a Comment