Tuesday, January 28, 2014

कोइरालालाई प्रधानमन्त्री हुने बाटो खुला

  • कोइरालाको १०५, देउवाको ८९ मत
  • सहमतिबिनै नेता चयनले देउवा पक्षमा असन्तुष्टि
काठमाडौं, १३ माघ– संविधानसभाको ठूलो दल कांग्रेस संसदीय दलको नेतामा सुशील कोइराला निर्वाचित भएपछि उनी पार्टीबाट प्रधानमन्त्री हुने बाटो खुलेको छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आइतबार भएको मतदानमा वरिष्ठ नेता शेरबहादुर देउवालाई १६ मतान्तरले पराजित गरी दलको नेता निर्वाचित भएपछि कोइराला सरकार निर्माणमा कोइराला अग्रसर भएका हुन ।
कोइरालाले १ सय ५ मत पाएका थिए भने देउवाले ८९ मत । कोइराला पार्टीको पछिल्लो महाधिवेशनमा देउवालाई नै पराजित गरी सभापति निर्वाचित भएका हुन् । कांग्रेसले संसदीय दलको नेताको चयन पहिलोपटक भोटिङ मेसिनबाट गरेको हो ।
कांग्रेसले सोमबारदेखि नै दलका नवनिर्वाचित नेता कोइरालाको नेतृत्वमा सहमतिको सरकार गठन गर्न पहल गर्ने भएको छ । राष्ट्रपति रामवरण यादवले आइतबार नै एक साताको समय दिई राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरूलाई आव्हान गरेका छन ।
राष्ट्रपतिको आह्वानले कांग्रेसका प्रधानमन्त्रीका उम्मेदवार कोइरालालाई आफ्नो नेतृत्वमा राष्ट्रिय सहमति जुटाउन औपचारिक पहल गर्ने मार्ग प्रशस्त भएको छ । कांग्रेसले संविधानसभाबाट कम्तीमा एक वर्षमा संविधान निर्माण गरी जारी नगरेसम्म राष्ट्रिय सहमतिको सरकार हुनुपर्ने प्रस्ताव अघि सारेको छ ।
निर्वाचित हुनासाथ संक्षिप्त प्रतिक्रिया व्यक्त गर्दै कोइरालाले आफूले पार्टीमा देउवासहित सबैसित मेलमिलाप गरी पार्टीलाई एकजुट बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पार्टीमा प्रधानमन्त्रीको उम्मेदवार चयन हुनासाथ कांग्रेसले ठूलो दलको हैसियतले अविलम्ब राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि संविधानसभामा रहेका सबै दलसित संवाद र छलफल अघि बढाउने भएको छ । ‘दलको नेता चयन भएपछि अब सरकार निर्माण गर्ने बाटो खुलेको छ, तत्कालै अरू दलसंग सहमतीय सरकार निर्माणका लागि लागि वार्ता सुरु गर्छौ’ उपसभापति रामचन्द्र पौडेलले भने ।
कोइराला र देउवाबीच सहमति गराउन शनिबार रातिसम्म भएको प्रयास टुंगोमा पुग्न नसकेपछि आइतबार दलको नेताका लागि निर्वाचन भएको हो । सर्वसम्मत नगराई निर्वाचनबाट नेताको चयनस“गै कांग्रेसमा कोइराला र देउवा पक्षबीच असमझदारी बढ्ने संकेत देखिएको छ । देउवा कोइरालालाई बधाई नदिई बाहिरिएपछि असन्तुष्टि सार्वजनिक भएको छ । उनको असन्तुष्टिले कोइरालाको नेतृत्वमा सहमतिको सरकार निर्माण गर्न, अरू दलसितको संवादमा मात्र होइन सरकार गठनपछि पार्टीको एउटा पक्षबाट असहयोग हुन सक्ने सम्भावना बढेको स्रोतले उल्लेख गरेका छन् ।
मतगणनाकै क्रममा आफू पराजित हुने थाहा पाएपछि निर्वाचन समितिबाट कोइराला विजयी भएको औपचारिक घोषणा नहु“द देउवा संसदीय दलको कार्यालयबाट बाहिरिएका थिए । औपचारिकताका लागि देउवाले टेलिफोन गरी कोइरालालाई बधाई भने दिए । उपसभापति पौडेल भने कोइरालालाई बधाई दिई उनीस“गै संसदीय कार्यालयबाट बाहिरिएका थिए ।
देउवाले दलको नेता या कार्यवाहक सभापतिमध्ये एक पद दिएर आफूसित सहमति गर्न कोइरालालाई दबाब दिंदै आएका थिए । पार्टीमा शक्ति सन्तुलन र समझदारीका लागि दुईमध्ये एक पद आफूले पाउनुपर्ने देउवाको शर्त थियो ।
देउवाले संसदीय दलका कार्यालयमै कोइरालालाई बधाई नदिएर दुईमध्ये एक पद आफूले नपाएको असन्तुष्टि प्रकट गरेको स्रोतले उल्लेख गरेको छ । दलका नेताको आकांक्षी उपसभापति रामचन्द्र पौडेलले सहमतीमा उम्मेदवारी नदिई कोइरालालाई समर्थन गरेपछि उनको विजय सुनिश्चित भएको हो ।
पौडेलले कोइरालाबाट कार्यवाहक सभापति पाउने समझदारीमा कोइरालालाई समर्थन गरेका हुन् । देउवा आफूलाई नदिई पौडेललाई कार्यवाहक सभापति दिन लागेकामा समेत कोइरालासित असन्तुष्ट भएका छन् ।
दलको नेतामा पराजित भए पनि मत परिणामले पार्टीमा देउवाको पकड झन् बलियो भएको प्रमाणित भएको छ । कांग्रेसमा संविधानसभाका प्रत्यक्ष सिटमा उम्मेदवारी र समानुपातिक सिटमा विजयी सभासद चयनमा दुई पक्षबीच ६० र ४० प्रतिशतको भागबण्डा हुने गरिए पनि दलमा भने देउवाको पकड बढेको उनले पाएको मत संख्याले प्रस्ट पारेको छ । उनले संसदीय दलमा पाएको मत झन्डै ४६ प्रतिशत छ । 
दलको नेता निर्वाचित भएपछि कोइरालाले देउवाको नाम नलिई उनीसित सहमति र सहकार्य गरेर अघि बढ्ने र पार्टीमा सबैको सहयोग पाउने वातावरण बनाउने बताए । उनले आफू पार्टीभित्र मेलमिलाप गरी एकजुट बनाएरमात्र अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
‘यो मेरो व्यक्तिगत विजयी होइन । प्रजातन्त्र, कांग्रेस अनि सवै साथीको विजय हो’ दलको नेतामा निर्वाचित भएपछि कोइरालाले संक्षिप्त प्रतिक्रिया दिंदै भने– ‘अब पार्टी एकजुट भएर अघि बढ्छ । निर्वाचनले पार्टीलाई झनै सवल तुल्याएको छ ।’
उनले एकता, सहकार्य र मेलमिलापबाटै पार्टी सञ्चालन गर्ने बताए । ‘सबैको सहयोग नभई पार्टी अघि बढ्न सक्दैन । पार्टीलाई मिलाएर सबैको सहयोग लिएर अघि बढ्छु’ उनले भने, ‘सहमतिबाटै म अघि बढ्छु ।’ 
देउवा पक्षका नेता एवं पूर्वमहामन्त्री बिमलेन्द्र निधिले दलको नेतामा कोइरालाको विजयलाई आफूहरूले लोकतान्त्रिक अभ्यासकै रूपमा स्वीकार गरेको उल्लेख गर्दै निर्वाचनको परिणामले कोइराला र देउवाबीच वास्तविक एकता हुनुपर्ने सन्देश दिएको उल्लेख गरे ।
उनले पार्टीभित्र संसदीय दलको नेताको निर्वाचन पहिलोपटक नभएको बताउ“दै कोइराला र देउवाबीच एक–अर्कालाई सम्मान गरेर अघि बढेमा मात्र पार्टीभित्र वास्तविक एकता हुने बताए । ‘पार्टीभित्रको वास्तविक एकता भनेको १ सय ५ (कोइराला) र ८९ (देउवा) बीच हुनुपर्छ’ निधिले भने, ‘८९ संख्याको समूहलाई सभापतिजीले कसरी समेटेर अगाडि लैजानुपर्छ त्यसमा धेरै कुरा निर्भर हुन्छ ।’
उनले कोइरालालाई पार्टीभित्रको एकता कायम राखी लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माणका लागि अघि बढ्नुपर्ने सुझावसमेत दिए । ‘कांग्रेसले सरकार र संविधान निर्माणको नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ, त्यसका लागि पार्टीभित्र हिजोभन्दा आज झनै एकताको आवश्यकता छ’ निधिले भने, ‘दुई पक्ष (कोइराला र देउवा) बीचको वास्तविक एकता नै निर्वाचनको सन्देश हो ।’
उपसभापति पौडेलले दलको नेताको निर्वाचन एउटा लोकतान्त्रिक प्रक्रिया भएको टिप्पणी गर्दै हार र जितलाई कसैले पनि अन्यथा रूपमा लिन नहुने टिप्पणी गरेका छन् । ‘दलको नेताको निर्वाचन एउटा समान्य प्रजातान्त्रिक प्रक्रिया हो । एउटा साथीले जित्नुभयो, अर्कोलाई हार्नुभयो यसलाई अन्यथा लिइनु हु“दैन’ पौडेलले भने,‘हामी सबै एकै ठाउ“मा हुन्छौ । स्थानीय निकाय निर्वाचतलाई लक्ष्यित गरेर पार्टीलाई सशक्त रूपमा अघि बढाउने काम हुन्छ ।’


   




No comments:

Post a Comment