Thursday, January 23, 2014

त्रिविद्वारा डिन डा. शर्मा बर्खास्त

  • केसीको अनसन र स्वास्थ्यकर्मीको आन्दोलन फिर्ता नहुने
  • शिक्षामन्त्रीद्वारा केसीलाई अनसन फिर्ता लिन आह्वान
  • शर्मा बर्खास्तीको निर्णयविरुद्ध सर्वोच्चमा जान सक्ने
काठमाडौं, ९ माघ– त्रिभुवन विश्वविद्यालयले चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगन्जका डिन डा. शशि शर्मालाई पदबाट बर्खास्त गरेको छ । मन्त्रिपरिषदका अध्यक्ष एवं त्रिविका कुलपति खिलराज रेग्मीले २४ घन्टाभित्र शर्मालाई हटाउन निर्देशन दिएको भोलिपल्ट बुधबार अपराह्न उपकुलपति हीराबहादुर महर्जनको अध्यक्षतामा बसेको कार्यकारी परिषदको बैठकले बर्खास्त गरेको हो ।
शिक्षामन्त्री एवं सहकुलपति माधव पौडेलले अनसनरत प्राध्यापक डा. गोविन्द केसीको जीवन रक्षाका लागि चार दिनअघि शर्मा नियुक्तिको निर्णय पुनर्विचार गर्न दिएको निर्देशन कार्यकारी परिषदले नमानेपछि कुलपति रेग्मीले कुलपतिको हैसियतमा मंगलबार शर्मालाई २४ घन्टाभित्र बर्खास्त गर्न निर्देशन दिएका थिए ।
परिषदले मन्त्रिपरिषदका अध्यक्ष एवं कुलपति रेग्मीले २४ घन्टाभित्र हटाउन दिएको निर्देशनबारे बुधबार दिउ“सो डिन शर्मालाई जानकारी गराउ“दै पदबाट राजिनामा गर्न शर्मालाई दबाब दिएको थियो । तर, शर्माले राजिनामा नदिएपछि सा“झ बसेको परिषद बैठकले उनलाई बर्खास्त गरेको हो ।
शर्मालाई बर्खास्त गरिए पनि मेडिकल माफियाको दबाबमा राजिनामा दिन बाध्य पूर्व डिन डा. प्रकाश सायमीको पुनःस्थापना या सबभन्दा वरिष्ठ चिकित्सकलाई डिनमा नियुक्त गर्नुपर्नेलगायतका आफ्ना माग सम्बोधन नभएको भन्दै डा.केसीले अनसन नतोड्ने भएका छन् । चिकित्सा शास्त्र अध्ययन सस्थानको समग्र सुधारका लागि डिनको नियुक्ति अपरिहार्य भएकाले केसीले अनसन जारी राख्ने जानकारी आन्दोलनरत चिकित्सकले दिएका छन् । स्वास्थ्यकर्मीहरूको देशव्यापी आन्दोलनसमेत जारी रहनेछ ।
कार्यकारी परिषदले पूर्वाधार नै नपुगेका प्रस्तावित मेडिकल कलेजहरूलाई सम्बन्धन दिने नियत राखी तत्कालीन डिन सायमीलाई राजिनामा दिन बाध्य पारी उनको ठाउ“मा पुसको अन्तिम साता शर्मालाई नियुक्त गरेको थियो । डिनमा शर्मालाई नियुक्त गरिएपछि उनलाई हटाउनुपर्नेलगायतका माग राखी  प्राध्यापक डा. गोविन्द केसी १२ दिनदेखि आमरण अनसनमा छन् । उनको समर्थनमा देशभरका स्वास्थ्यकर्मीहरू स्वास्थ्य सेवा ठप्प पारी आन्दोलनमा उत्रनुका साथै चिकित्सकहरूले धमाधम राजिनामै दिन थालेपछि कुलपति रेग्मीको निर्देशनमा त्रिवि कार्यकारी परिषद शर्मालाई हटाउन बाध्य भएको हो ।
परिषदले बुधबार सा“झ नै शर्मालाई पदबाट हटाइएको जानकारी गराउ“दै मन्त्रिपरिषद्का अध्यक्ष एवं कुलपति रेग्मीलाई पत्र पठाएको छ । कार्यकारी परिषदका अध्यक्ष एवं उपकुलपति महर्जनले रेग्मीलाई सम्बोधन गरी लेखेको पत्रमा ‘शर्मालाई बुधबारदेखि नै लागू हुने गरी पदबाट हटाइएको’ उल्लेख छ । परिषदले डिनमा नया“ नियुक्ति भने गरेको छैन ।
शर्माको बर्खास्तीपछि सरकारका तर्फबाट शिक्षामन्त्री एवं त्रिविका सहकुलपति माधव पौडेलले डा. केसीले उठाएका तीनवटै माग पूरा भइसकेको उल्लेख गर्दै उनलाई आमरण अनसन तोड्न र चिकित्सकहरूलाई आन्दोलन फिर्ता गरी स्वास्थ्य सेवा सुचारु गर्न आह्वान गरेका छन् ।
‘डा. केसीका मुख्य तीन मागमध्ये त्रिविले मेडिकल कलेजहरूलाई सम्बन्धन दिने कार्य स्थगित गरिएको विज्ञप्ति जारी गरिसकेको छ । चिकित्सा शास्त्र अध्ययन संस्थान र इन्जिनियरिङ अध्ययन संस्थानलाई त्रिवि मातहतको स्वायत्त संस्थाका रूपमा विकास र विस्तार गर्न पूर्व डिन रमेशकान्त अधिकारीको संयोजकत्वमा छ सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यकारी परिषदले बुधबार सा“झ डिन शर्मालाई पदबाटै हटायो । केसीले उठाएका तीनवटै जायज माग पूरा भए, अब म उहा“लाई सरकारका तर्फबाट तत्काल अनसन फिर्ता लिन आग्रह गर्छु’ पौडेलले भने ।
तत्कालीन डिन सायमीले पदबाट राजिनामा नदिएपछि मन्त्रिपरिषदका अध्यक्ष एवं कुलपति रेग्मीले त्रिविका कार्यकारी परिषदका पदाधिकारीलाई नया“ नियुक्ति गर्न निर्देश गरेका थिए । तर, कुलपतिको निर्देशनलाई बेवास्ता गरी परिषदले शर्मालाई डिन नियुक्त गरेको हो । शर्मालाई हटाइएपछि भने रेग्मीको निर्देशनमा परिषदले नया“ नियुक्ति नगरेको जानकारी उपकुलपति महर्जन निकट स्रोतले दिएको छ ।
शर्मा राजीनामा दिने मनस्थितिमा भए पनि त्रिवि कार्यकारी परिषदले उनलाई अदालत जाने बाटो खोलिदिन बर्खास्तीको निणर््ँय गरेको स्रोतले उल्लेख गरेको छ । राजिनामा नदिएका कारण शर्माको कार्यकारी परिषदको आफूलाई बर्खास्त गरिएको निर्णयविरुद्ध सर्वोच्च अदालतमा कानुनी चुनौती दिने बाटो भने खुला नै रहेको छ । चार वर्षका लागि डिन नियुक्त शर्मा सर्वोच्चबाट पुनर्बहाली हुन सक्ने सम्भावना छ । पदावधि किटान गरिएका व्यक्तिलाई अवधि नपुगी बर्खास्त गरिएमा सर्वोच्चले प्रायशः पुनर्बहाली गरिदिने गरेको छ ।










No comments:

Post a Comment