Thursday, January 30, 2014

कोइरालाद्वारा तामाङ समुदायलाई ल्होसारको शुभकामना

काठमाडौं, १६ माघ–  कांग्रेस सभापति सुशील कोइरालाले तामाङ समुदायको महान् धार्मिक तथा सांस्कृतिक पर्व सोनाम ल्होसार र नव वर्ष २८५० को उपलक्ष्यमा देश÷विदेशमा रहेका तामाङ समुदायका समस्त दिदीबहिनी तथा दाजुभाइमा पार्टी र आफ्नातर्फबाट उत्तरोत्तर प्रगति, दीर्घायु र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गरेका छन् ।
उनले बिहीबार दिएको शुभकामना मन्तव्यमा आफ्ना मौलिक परम्परा र संस्कृतिको धनी तामाङ समुदायलाई यो पर्वले आफ्ना धार्मिक र सांस्कृतिक निधिहरूको संरक्षण र संवद्र्धन गर्ने प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । यसले मुुलुकका अरू सम्प्रदायका नागरिकहरूस“ग आपसी सद्भाव बढाउन सघाउने विश्वाससमेत उनको छ ।
‘मंसिर ४ मा सम्पन्न संविधानसभा चुनावले मुलुकलाई नया“ दिशा दिएको छ’ भन्दै कोइरालाले संविधानसभाले मुख्य दलहरूबीचमा सहमति भएअनुरूप निर्धारित समयमै संविधान बन्ने उल्लेख गरेका छन् । ल्होसारले सबैका घरघरमा सुख, शान्ति, र समृद्धि ल्याओस् भन्ने कामनासमेत गरेका छन् ।
उनले अब बन्ने सबिधानमा सबैको धार्मिक–सांस्कृतिक अधिकारको प्रत्याभूति गरिने र सबैलाई आफ्ना मौलिक अधिकारको संरक्षण र संवद्र्धनको अधिकार दिइने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

माघ १६, २०७०

शुभ–कामना

तामाड. समुदायको महान धार्मिक एवं सांस्कृतिक पर्व सोनाम ल्होसार र नव बर्ष २८५० को उपलक्ष्यमा देश विदेशमा रहनु भएका तामाङ समुदायका समस्त दिदी–बहिनी तथा दाजु–भाइहरुमा  नेपाली कांग्रेस र मेरो  आफ्नो व्यक्तिगत तर्फबाट सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

आफ्ना मौलिक परम्परा र संस्कृतिको धनी मानिएको तामाङ समुदायलाई यो पर्वले आफ्ना धार्मिक र सांस्कृतिक निधिहरुको संरक्षण र सम्वद्र्धन गर्ने प्रेरणा दिने विश्वास मैले लिएको छु । यसले मुुलुकका अन्य सम्प्रदायका नागरिकहरुसंग आपसी सद्भाव कायम गर्न सघाउनेमा म विश्वस्त छु ।

मंसीर ४ गते सम्पन्न संविधानसभाले मुलुकलाई नयाँ दिशा दिएको छ । यो संविधानसभाले मुख्य दलहरुबीचमा सहमति भए अनुरुप निर्धारित समयमै संविधान बनाउनेमा म विश्वस्त छु । अब बन्ने सबिधानमा सवैको धार्मिक–सांस्कृतिक अधिकारको प्रत्याभूति गरिने र सबैलाई आफ्ना मौलिक अधिकारको संरक्षण र सम्वद्र्धनको अधिकार दिइने विश्वास म दिलाउन चाहन्छु ।

ल्होसार  हर्ष र उल्लासका साथ सम्पन्न होस । यसले सबैका घरघरमा सुख, शान्ति, र सम्वृद्धि ल्याओस् । सबैमा पुनः शुभकामना ।

जय नेपाल !
    सुशील कोइराला
    सभापति

No comments:

Post a Comment