Thursday, January 2, 2014

मेलम्चीको सुरुङ निर्माण कार्य सुरु

पानी प्रशोधन केन्द्रको निर्माण माघ १ देखि
२०७३ वैसाख १ सम्म पानी राजधानी आइपुग्छ : आयोजना प्रमुख

काठमाडौं, १८ पुस– मेलम्ची खानेपानी आयोजनाको सबभन्दा महत्वपूणर््ँ संरचना मेलम्चीबाट राजधानीसम्म पानी ल्याउने सुरुङ खन्ने कार्य बुधबारदेखि सुरु भएको छ । ठेकदार इटालियन कम्पनी सीएमसीले सुन्दरीजलबाट सुरुङ निर्माण कार्य सुरु गरेको हो ।
चिनिया“ ठेकेदारसितको ठेक्का तोडिएपछि अनिश्चित बनेको मेलम्ची आयोजनाको सुरुङ निर्माण कार्य पुनः सुरु भएपछि अब सा“ढे दुई वर्षमा बन्ने निश्चित भएको छ । एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण हुने उक्त सुरुङबाट दैनिक १७ करोड लिटर पानी राजधानी ल्याउने योजना सरकारको छ । सुन्दरीजलमा आयोजित कार्यक्रममा सहरी विकासमन्त्री छविराज पन्तले सुरुङ निर्माण कार्यको प्रारम्भ गरेका हुन् ।
आगामी २०७२ चैतभित्र खन्न बा“की २१ किमी सुरुङ निर्माण कार्य सुरु गरिसक्ने र वैसाख १ देखि मेलम्चीको खानेपानी राजधानीको घरघरमा पानी पु¥याउने लक्ष्यका साथ अब काम धमाधम अघि बढ्ने जानकारी आयोजना प्रमुख कृष्ण आचार्यले दिए ।
ठेक्का सम्झौताअनुसार सीएमसीले आगामी २०७३ भदौभित्र मेलम्ची खोलामा बा“ध र सुरुङ निर्माण कार्य सकी राजधानीसम्म पानी ल्याइसक्नुपर्नेछ । तर, सरकारले ठेकेदारलाई छिटो काम गर्न बोनस दिएर २०७२ चैतभित्र सुरुङ निर्माण कार्य सम्पन्न गर्ने र २०७३ वैसाख १ देखि राजधानीमा मेलम्चीको पानी ल्याइपु¥याउने योजना छ । बोनस दिएर निर्धारित समयभन्दा छ महिनापहिले सक्ने योजना सरकारको छ ।
ठेक्का सम्झौताअनुसार ठेकेदारले निर्धारित समयभन्दा जति दिन पहिले सुरुङ निर्माण्ँ कार्य सम्पन्न गर्छ, उसलाई त्यति दिनको कुल ठेक्का रकमको ०.०५ प्रतिशतका दरले मेलम्ची खानेपानी विकास समितिले बोनस दिनेछ । छ महिना छिटो काम सकेमा ठेकेदारले बढीमा कुल ठेक्का रकमको १० प्रतिशतसम्म बोनस पाउनेछ । बोनस पाउनका लागि पनि ठेकेदारले मेल्म्ची खोलामा बा“ध र खन्न बा“की २१ किमी सुरुङ निर्माण्ँ कार्य निर्धारित मिति २०७३ भदौभन्दा छ महिना पहिले २०७२ चैतमा सक्ने जानकारी आयोजना प्रमुख आचार्यले दिए ।
उनका अनुसार सुन्दरीजलको एक ठाउ“बाट सुरु गरेको ठेकेदारले अबको एक महिनापछि अम्बाथान, ग्याल्थुम, सिन्धु गरी तीन अडिट दुवैतर्फ गरी ७ ठाउ“बाट सुरुङ खन्ने कार्य सुरु गर्नेछ । मेलम्ची खानेपानी आयोजनाको अर्को मुख्य संरचना सुन्दरीजलमा बनाइने पानी प्रशोधन केन्द्रको निर्माण कार्यसमेत ठेकेदार कम्पनी भीएटेक डब्लुएबीएजीले माघ १ देखि निर्माण सुरु गर्दैछ । पानी प्रशोधन केन्द्रको निर्माण २०१६ मार्च अर्थात् २०७२ फागुनभित्रै सक्ने योजना रहेको जानकारीसमेत आचार्यले दिए ।
सीएमसीले ७ अर्ब ७१ करोड रुपैया“मा मेलम्चीबाट राजधानीसम्म पानी ल्याउन सुरुङ (खन्न बा“की २१ किलोमिटर) निर्माण्ँ गर्ने र खोलामा बा“ध (इन्टेक) बनाउने ठेक्का पाएको हो । सन् २०१३ को सुरुमै सुरुङ निर्माण्ँ सक्ने गरी सन् २००९ मा ठेक्का पाएको चिनिया“  ठेकेदार चाइना फिफ्टिन रेल्वे ब्युरोले झन्डै चार वर्Èमा जम्मा साढे ६ किमीमात्र सुरुङ निर्माण्ँ गरेका कारण्ँ उससितको ठेक्का गत कार्तिकमा तोडिएपछि सुरुङ निर्माण्ँको लागत दोब्बर बढेको छ भने दोस्रोपटक टेन्डर गर्नुपर्दा आयोजना तीन वर्È ढिलो हुन पुगेको हो ।
चिनियाँ  ठेकेदारले साढे २७ किमी सुरुङ र इन्टेक बनाउन ४ अर्ब २८ करोड रुपैया“मा ठेक्का पाएको थियो । ६० करोड बिल भुक्तानी लिएको चिनिया“ ठेकेदारले जम्मा साढे ६ किमीमात्र सुरुङ खनेको छ । चिनिया“ ठेकेदारले लापर्बाही गरी नबनाएको र लामो समय खेर फालेका कारण्ँ बा“की २१ किमी सुरुङको लागत दोब्बर बढेको हो ।
 चिनिया“ ठेकेदारलाई दिइसकिएको ६० करोड र बा“की २१ किमी सुरुङ तथा इन्टेकका लागि सीएमसीले प्रस्ताव गरेका ७ अर्ब ७१ करोड गरी सुरुङ निर्माण्ँ गर्न ८ अर्ब ३१ करोड रुपैया“ लाग्ने भएको छ ।
सुरुङबाट दैनिक ल्याइने १७ करोड लिटर पानी सुन्दरीजलमा प्रशोधन गर्न बनाइने संरचना निर्माण गर्ने ठेक्का ४ अर्ब २० करोड रुपैया“ प्रस्ताव गरेको अस्ट्रियाको भीएटेक डब्लुएबीएजी लिमिटेड र भारतको प्रतिभा इन्डस्ट्री लिमिटेडको जोइन्ट भेन्चरले पाएको छ ।  ठेक्का सम्झौताअनुसार काम सुरु गरेको २७ महिना अर्थात् २०७२ पुसमा पानी प्रशोधन गृह निर्माण गरिसक्नुपर्नेछ । उसले माघ १ बाट निर्माण कार्य सुरु गर्दैछ ।





No comments:

Post a Comment