Tuesday, January 14, 2014

प्रधानाध्यापकविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं, ३० पुस– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीस्थित एक माध्यमिक विद्यालयका प्रधानाध्यापक अशोककुमार यादवविरुद्ध साढे २९ लाख रुपैया“ हिनामिना गरेको अभियोगमा सोमबार विशेÈ अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

विÈहरिया–४ स्थित महावीर माविका यादवले विद्यालयको रकम हिनामिना गरेकामा भ्रष्टाचार निवारण्ँ ऐन, २०५९ को दफा १७ बमोजिम डेढ वर्ष कैद, भ्रष्टाचारको रकम जफत गर्न र बिगोबराबरको हर्जाना तिराउन अभियोगपत्रमा अख्तियारले मागदाबी गरेको छ ।


No comments:

Post a Comment