Thursday, January 30, 2014

चार वर्षमै बागमती पौडी खेल्न योग्य हुने

काठमाडौं, १६ फागुन– बागमती नजिक पुग्नेबित्तिकै जोसुकै नाक थुन्न बाध्य हुन्छ, दुर्गन्धबाट जोगिन नाक थुन्नु स्वभाविक पनि छ । तर, अबको तीन/चार वर्षमा बागमतीमा नजिक जा“दा नाक थुन्नुपर्ने छैन । ‘ढलमती’ का रूपमा चिनिने बागमती अब तीन/चार वर्षमै हिउ“दमा समेत कम्तीमा घु“डासम्म पानी हुने गरी कञ्चन बग्ने सफा र कञ्चन नदीमा रूपान्तरण हु“दैछ ।
सरकारले सहरी विकास मन्त्रालयको संयोजनमा अबको दुई वर्षमा चोभार गेटनजिक सुन्दरीघाटसम्म बागमतीलाई ढलमुक्त बनाउने र चार वर्षमा बागमतीलाई हिउ“दयाममा समेत कम्तीमा डेढ फिट गहिराइको नुहाउन तथा पौडिनयोग्य सफा र कञ्चन पानीयुक्त बनाउने परियोजना अघि बढाएको छ । ‘अबको चार वर्षमै बागमतीको पानी खानयोग्य होइन नुहाउन र पौडिन योग्य बनाउनेछौं’ सहरी विकास मन्त्रालयका सचिव किशोर थापाले कान्तिपुरसित भने ।
ढलमतीलाई शुद्ध, सफा र कञ्चन बागमती बनाउन सरकारले आफ्नै स्रँेत र एसियाली विकास बैंक (एडीबी) को सहुलियतपूर्ण ऋण सहयोग र अनुदानबाट झन्डै २० अर्ब रुपैया“ लगानी गर्दैछ । मुलुकको राजधानीलाई संसारकै सुन्दर र सफा सहर बनाउन सरकारले बागमतीलाई सफा बनाउने तीनवटा छुट्टाछुट्टै परियोजना अघि बढाएको छ । बागमतीमा सोझै ढल मिसिन नदिई दुवै किनारामा ढल बनाएर सफा बनाउने कार्य सुरु भइसकेको छ भने एडीबीको सहयोगमा एक÷दुई महिनामै दुइटा थप परियोजना सुरु गरिंदैछ ।

बागमतीमा हिउ“ददेखि वर्षायाम सुरु नभएसम्मका लागि सफा र अहिलेको भन्दा ठूलो पानी एकनासले प्रवाह गराउन बागद्वारभन्दा माथिको शिवपुरी जलाक्षेत्रमा उच्च बा“ध बा“धेर वर्षायामको पानी ठूलोमात्रामा जम्मा गरिनेछ । त्यहा“बाट वर्षामा जम्मा भएको पानी हिउ“ददेखि वर्षायाम सुरु नभएसम्म एकनासले बागमतीमा कम्तीमा घु“डाको लेभलसम्म सतह हुने गरी बागमतीमा पानी प्रवाह गराइनेछ ।
त्यसका लागि एडीबीले तीन अर्ब रुपैया“ (३० मिलियन अमेरिकी डलर) सहयोग गर्दैछ । एक÷दुई सातामै एडीबीसित सहयोगसम्बन्धी सम्झौता हुने जानकारी सचिव थापाले जानकारी दिए । थापाका अनुसार उक्त सहयोग रकमबाट सरकारले सुन्दरीजलमाथि बागमतीको मूल मुहान बागद्वारमा बा“ध बा“धेर शिवपुरी जलाधार क्षेत्रमा वर्षायामको पानी ठूलो ड्याम बनाएर जम्मा गर्नेछ । उक्त ड्यामबाट हिउ“ददेखि वर्षायामसम्म एकनासले बागमतीमा सफा पानी छाडिनेछ, जुन अहिले बगिरहेको बागमतीभन्दा चार÷पा“च गुना ठूलो हुनेछ ।
उक्त परियोजनामा एडीबीको तीन अर्बबाहेक सरकारले थप ५८ करोड रुपैया“ खर्च गर्नेछ । उक्त रकमबाट सरकारले सुन्दरीजलदेखि पशुपति मन्दिर नजिकको तीलगंगासम्म नदीको दुवै किनारामा सुन्दर बगैंचासहितको पार्क (उद्यान), सडक र वरपरको जमिनलाई समेत आकर्षक देखिने गरी सम्याउने, ठाउ“–ठाउ“मा घाट बनाउनेलगायतका कार्य गरिनेछ ।
ड्यामबाट थपिने र मेलम्ची खानेपानी आयोजनाबाट २०७३ वैसाखदेखि मेलम्चीबाट राजधानी आइपुग्ने खानेपानीका कारण बागमतीको जल प्रवाहमा हुने बढोत्तरीसमेतलाई अध्ययन गरी उक्त परियोजनाअन्तर्गत सरकारले सुन्दरीजलदेखि बागमती नदी भारतीय सीमामा नपुगेसम्म बाढी नियन्त्रण, सिंचाइको सम्भाव्यता अध्ययन, तराईमा थप सिंचाइ तथा जल उपयोगको योजना र विद्युत् आयोजनाको विकासलगायतका कार्य अघि बढाउने जानकारी थापाले दिए । यो काम जल तथा ऊर्जा आयोगले अघि बढाउनेछ ।
सरकारले एडीबीकै सहयोगमा अर्को परियोजना सञ्चालन गरी पा“च वर्षभित्र बागमती नदीलाई नुहाउन र पौडी खेल्नयोग्य बनाउने भएको छ । यसका लागि सरकारले मेलम्ची खानेपानी आयोजनामातहतमा राजधानकिो फोहोरमैला व्यवस्था परियोजना सञ्चालन गर्दैछ । यो परियोजनामा एडीबीले १३ करोड रुपैया“ (१ सय ३० मिलियन अमेरिकी डलर) सहयोग गर्दैछ । यसमा सरकारको थप २० प्रतिशत लगानी रहनेछ ।
यो परियोजनाअन्तर्गत सरकारले बागमतीमा मिसिने ढल, सहायक नदी र खोलाको ढल मिश्रित पानीलाई प्रशोधन गरी सफा बनाउन पा“च ठाउ“मा ढल प्रशोधन केन्द्र निर्माण गर्ने भएको छ । यस परियोजनाअन्तर्गत चोभारसम्म बागमतीका दुवै किनारामा बगैंचासहितको उद्यान, सडक र घाटको व्यवस्थित विकास गरिनेछ । सचिव थापाका अनुसार उक्त परियोजनाअन्तर्गत गोकर्ण, गुह्येश्वरी, बालकुमारी, सुन्दरीघाट र खोकनामा ढल प्रशोधन केन्द्र निर्माण गरिंदैछ । बागमती र सहायक नदी तथा खोलाको फोहोर पानी र ढललाई यी पा“च ठाउ“मा प्रशोधन गरी सफा पानी नदीमा छाड्ने र ठोस फोहोरलाई अन्यत्रै व्यवस्थापन गर्ने योजना सरकारको छ ।
सरकारले बागमतीलाई सफाइ गर्ने अर्को परियोजना भने यसअघि नै सुरु गरिसकेको छ । काठमाडौं उपत्यकाभित्रका सबै ढल सोझै बागमतीमा मिसाइएका कारण पवित्र मानिने नदी ढलमती बन्न पुगेको हो । अधिकारसम्पन्न एकीकृत बागमती सभ्यता विकास समितिको संयोजनमा बागमतीका दुवै किनारामा ठूला ह्युम पाइपको ढल बनाएर सहरको फोहोर व्यवस्थापन कार्य सुरु गरिसकिएको छ । ढल र फोहोर नदीमा खसालिने छैन । विभिन्न पा“चवटा प्रशोधन केन्द्रमा ढल प्रशोधन गरी शुद्ध पानी नदीमा खसाल्ने र ठोस फोहोर अन्यत्रै व्यवस्था गरिनेछ । हाल सञ्चालित परियोजनाअन्तर्गत आगामी दुई वर्षमा सरकारले चोभार गेटनजिकको सुन्दरीघाटसम्म बागमतीलाई ढलमुक्त बनाइसकिने जानकारी सचिव थापाले जानकारी दिए । यस वर्ष बागमतीका दुवै किनारामा ढल बनाउन सरकारले ४६ करोड रुपैया“ खर्च गर्दैछ भने अर्को वर्ष त्योभन्दा बढी रकम खर्चिने मन्त्रालयको योजना छ ।

No comments:

Post a Comment