Wednesday, January 1, 2014

फोरममा पनि विवाद, चार केन्द्रीय सदस्यद्वारा राजिनामा

काठमाडौं, १७ पुस– मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) मा समेत समानुपातिक सभासद छनौटलाई लिएर गम्भीर विवाद उत्पन्न भएको छ । प्रत्यक्ष सिटबाट निर्वाचित सभासदसहित चार केन्द्रीय सदस्यले अध्यक्ष विजयकुमार गच्छदारले मनोमानी ढंगले एकलौटी रूपमा १० जना सभासद छनौट गरी निर्वाचन आयोगलाई सिफारिस गरेकामा आपत्ति जनाउ“दै राजिनामा दिएका छन् ।
 केन्द्रीय सदस्यबाट राजिनामा दिनेमा सभासद रामजनम चौधरी, मंगलप्रसाद थारु, मानबहादुर महतो र सरिफ अहमद सिद्धिकी छन् । उनीहरूले मंगलबार दिउ“सो अध्यक्ष गच्छदारलाई भेटी राजिनामापत्र बुझाएका हुन् ।
उनीहरूले राजिनामापत्रमा गच्छदारमाथि मनोमानी ढंगले एकलौटी निर्णय गरेको, आफ्नो पूर्व क्षेत्रका नेता तथा कार्यकर्तालाई मात्र सभासद बनाएको, कांग्रेसबाट नया“ ढंगले पार्टी चलाउन फोरम खोले पनि पुरानै र एकलका“टे ढंगले हिडेको आरोप लगाएका छन् ।

No comments:

Post a Comment