Tuesday, January 21, 2014

राष्ट्रपतिद्वारा संसद अधिवेशन आह्वान

  • पहिलो बैठक माघ १२ मा
  • पहिलो दिनको कार्यसूचीसमेत तय
काठमाडौं, ६ माघ– राष्ट्रपति रामवरण यादवले मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीको सिफारिसमा आइतबार सा“झ व्यवस्थापिका–संसदको अधिवेशन आह्वान गरेका छन् । यादवले संसदको पहिलो बैठक माघ १२ गते ३ बजे बस्ने गरी अधिवेशन आह्वान गरेका हुन् ।
राष्ट्रपति यादवले संसद अधिवेशन बोलाएको लिखित जानकारी व्यवस्थापिका–संसदको सचिवालयलाई समेत दिइसकेका छन् । रेग्मीले राष्ट्रपति यादवलाई आइतबार दिउ“सो भेट गरी संसद अधिवेशन आह्वान गर्न सिफारिस गरेका थिए । रेग्मीको राष्ट्रपतिसितको भेटमा कानुन तथा संविधानसभामन्त्री हरिप्रसाद न्यौपाने, मुख्यसचिव लीलामण्ँि पौड्याल र कानुन सचिव भेÈराज शर्मासमेत शीतल निवासमा उपस्थित थिए ।
मन्त्रिपरिषदका अध्यक्ष रेग्मीले अन्तरिम संविधानबमोजिम यसअघि नै संविधानसभाको पहिलो बैठक माघ ८ गतेलाई बोलाइसकेका छन् । संविधानमा संविधानसभाको बैठक प्रधानमन्त्री (प्रधानमन्त्रीको कार्यभार सम्हालेका मन्त्रिपरिषदका अध्यक्ष) ले बोलाउने व्यवस्था छ ।
तर, संविधानको धारा ५१ (१) अनुसार संसद अधिवेशन भने ‘प्रधानमन्त्री (मन्त्रिपरिषदका अध्यक्ष) को सिफारिसमा राष्ट्रपतिले बोलाउने’ व्यवस्था छ । त्यही कारण राष्ट्रपतिले रेग्मीले सिफारिसमा संसद अधिवेशन बोलाएका हुन् ।

संसद सचिवालयले संसद अधिवेशनको पहिलो दिनको बैठकको कार्यसूचीसमेत तयार गरिसकेको छ । ज्येष्ठ सांसद सूर्यबहादुर थापाको अध्यक्षतामा बस्ने पहिलो बैठकमा राष्ट्रपति यादवले मन्त्रिपरिषदका अध्यक्षको सिफारिसमा संसदको अधिवेशन आह्वान गरेको पत्र पढेर सदनलाई जानकारी गराउने कार्यसूचीमा उल्लेख छ ।
पहिलो बैठकमा संसदका सभामुख (अध्यक्ष) र उपसभामुख (उपाध्यक्ष) चयन नभएसम्मका लागि बैठकको अध्यक्षता गर्ने सांसदहरूको नाम तय गर्ने र संसदको नया“ नियमावली नबनाएसम्मका लागि अघिल्लै नियमावलीअनुसार बैठक सञ्चालन गर्ने कार्यसूचीलाई समेत पारित गरिने जानकारी सचिवालयका प्रवक्ता मुकुन्द शर्माले दिए । बैठकको अध्यक्षता गर्ने सांसदहरूको नाम दलहरूले तय गर्नेछन् ।
नया“ प्रधानमन्त्री चयन नभएसम्म काम चलाउन सरकारबाट संसदले एजेन्डा पाउने छैन । संसदको पहिलो काम राष्ट्रिय सहमतिका आधारमा या दलहरूबीच समझदारी हुन नसकेमा बहुमतीय प्रणालीमा प्रधानमन्त्री निर्वाचित गर्नेछ । प्रधानमन्त्री चयन भएपछि सरकार गठन हुनेछ ।
संसदको दोस्रो काम संविधानसभा÷व्यवस्था–संसदको अध्यक्ष (सभामुख) र उपसभामुख (उपाध्यक्ष चयन गर्ने हुनेछ । दलहरूबीच प्रधानमन्त्री, राष्ट्रपति, सभामुख र उपसभामुखसहितको सत्ता भागबण्डामा सारभूत छलफल सुरु नभइसकेकाले सरकार गठन गर्न केही समय लाग्न सक्ने नेताहरू बताउ“छन् ।
राष्ट्रपति र उपराष्ट्रपति नया“ निर्वाचन गर्ने या पुरानैलाई निरन्तरता दिने भन्नेबारेमा प्रमुख दलहरूबीच संसद बैठकमा बहस र विवाद हुने भएको छ । संसदको दोस्रो ठूलो दलले  अघिल्लो संविधानसभाबाट निर्वाचित राष्ट्रपति यादव र उपराष्ट्रपति परमानन्द झाको ठाउ“मा नया“ संविधानसभा आइसकेकाले नया“ निर्वाचन हुनुपर्ने या पुरानैलाई अनुमोदन गर्ने एजेन्डा उठाउने भएको छ ।
ठूलो दल कांग्रेसले भने संविधानसभाबाट नया“ संविधान निर्माण नभएसम्म राष्ट्रपति र उपराष्ट्रपति फेर्न नहुने अडान राख्दै आएको छ । संविधानमा पनि राष्ट्रपति र उपराष्ट्रपति नया“ संविधान जारी नभएसम्म कायम रहने व्यवस्था छ । कांग्रेसले संविधान जारी गरिसकेपछिमात्र नया“ राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्ने प्रस्ताव अरू दलसमक्ष राख्दै आएको छ ।







No comments:

Post a Comment