Friday, January 17, 2014

विभाजित कांग्रेसी कर्मचारी संघद्वारा एकताको प्रस्ताव

काठमाडौं, ३ माघ– झन्डै एक वर्षअघि विभाजित कांग्रेस निकट नेपाल निजामति कर्मचारी संघले एकताको प्रस्ताव गरेको छ । संघको शुक्रबार राजधानीमा सम्पन्न केन्द्रीय समितिको बैठकले लोकतन्त्रवादी कर्मचारीहरूलाई एउटै संगठनमा आवद्ध गर्नका लागि नेपाल निजामती कर्मचारी युनियनस“ग एकताको प्रस्ताव राखेको हो ।
युनियन अध्यÔ सुवोध देवकोटाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै तत्कालीन महासचिव शोभाखर रेग्मीको नेतृत्वमा कर्मचारी संघ गठन भएको थियो । नेपाल निजामती कर्मचारी युनियनको नेतृत्वले त्यागको भावना देखाएमा तत्काल एकता सम्भव हुने संघका प्रवक्ता विश्वबन्धु रेग्मीले बताए ।
उनका अनुसार बैठकले संघका अध्यÔ शोभाखर रेग्मीको संयोजकत्वमा एकताका लागि वार्ता टोली गठन गरेको छ । संघको बैठकले निजामती कर्मचारीहरूका लागि सबै ठाउ“मा प्रोत्साहन भत्ता लागू गर्न, स्वास्थ्य बिमा गर्न, निजामती स्वास्थ्य सेवामा समायोजनको व्यवस्था गर्न, नायव सुब्बाबाट आन्तरिक प्रतिस्पर्धाबाट शाखा अधिकृतमा बढुवा हुने व्यवस्था गर्न सरकारसमÔ माग गर्ने निणर््ँय गरेको छ ।


No comments:

Post a Comment