Sunday, January 26, 2014

दलको नेतामा कोइराला र देउवाको प्रतिस्पर्धा

  • सहमतिको प्रयास जारी, पौडेलले उम्मेदवारी दिएनन्
  • कोइरालाले पौडेललाई कार्यवाहक सभापति दिने समझदारी
  • कोइराला र पौडेल गठबन्धनले देउवा पक्ष झस्कियो
काठमाडौं, ११ माघ– संविधानसभाको ठूलो दल कांग्रेसमा संसदीय दलको नेताका लागि सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवाबीच प्रतिस्पर्धा हुने सम्भावना बढेको बढेको छ । दुई नेताबीच शनिबार रातिसम्म सहमति हुन नसकेकाले दलका नेताका लागि उनीहरूबीच प्रतिस्पर्धा हुने सम्भावना बढेको हो । दुई नेताबीच सहमतिको प्रयास भने मतदान सुरु हुने समयुसम्म जारी रहनेछ ।
कांग्रेसबाट प्रधानमन्त्रीको आकांक्षा राखी नेताका लागि दौडधुप गरिरहेका उपसभापति रामचन्द्र पौडेलले अन्तिम समयमा आएर कोइरालालाई समर्थन गर्दै उम्मेदवारी नदिएपछि दुई जनाबीचमात्र प्रतिस्पर्धा हुन लागेको हो । कोइराला र देउवाले वारेसमार्फत् आइतबार अपराह्न संसदीय दलको निर्वाचन कार्यालयमा दलका नेताका लागि आ–आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । दिउ“सो साढे बाह्र बजे संसदीय दलको कार्यालय परिसरमा आइपुगेका पौडेलले नेताका लागि मनोनयनपत्र लिए पनि दर्ता भने गरेनन् ।
सभासद अमरसिंह पुनमार्फत् उम्मेदवारी दर्ता गराएका कोइरालाको प्रस्तावकमा आनन्द ढुंगाना र समर्थकमा फमुल्ला मन्सुर छन् । पूर्वउपसभापति गोपालमान श्रेष्ठमार्फत् उम्मेदवारी दिएका देउवाको प्रस्तावकमा पूर्वमहामन्त्री बिमलेन्द्र निधि र समर्थकमा भीष्मराज आङ्दम्बे छन् । उम्मेदवारी दर्ता गर्ने समय ११ बजे सुरु भएकामा साढे ११ मा कोइरालाको र १२ बजे देउवाको मनोनयन दर्ता भएको थियो ।

कांग्रेसमा आफूलाई थाहा नदिई कोइराला र पौडेलबीच समझदारी भएपछि प्रधानमन्त्रीका दाबेदार देउवा र उनी समर्थक समूह एकाएक झस्किन पुगेको छ । दुई नेताबीच कोइरालाले संविधानसभाबाट एक वर्षमा संविधान जारी गरुन्ेजल आफू प्रधानमन्त्री हुने र पार्टी सञ्चालन (कार्यवाहक सभापति) को जिम्मा पौडेललाई दिने तथा संविधान जारी भएपछि पौडेललाई सरकारको नेतृत्व दिने समझदारी भएको छ ।
तर, कोइराला देउवाले दाबेदारी छाडेर दलको नेतामा आफूलाई सघाउने शर्तमा भने एक वर्षपछि पौडेलको सट्टा देउवालाई प्रधानमन्त्री दिन भने सहमत छन् । सर्वसम्मतिका लागि एक वर्षपछि प्रधानमन्त्री देउवालाई दिने कोइरालाको प्रस्तावमा पौडेलको समेत विरोध छैन । तर, आफूलाई सर्वसम्मत हुन देउवाले सहयोग नगरेमा कोइराला एक वर्षपछाडिको प्रधानमन्त्री पौडेललाई दिन सहमत भएका छन् ।
पौडेलले कोइरालाले आफूलाई कार्यवाहक सभापति दिने सहमतिमा आफूले उनलाई दलको नेतामा समर्थन गरेको बताए । ‘अहिलेको संगीन घडी र राष्ट्रिय परिस्थितिलाई ध्यानमा राखेर पार्टीको एक वर्षभित्र संविधान निर्माण गर्ने प्रतिबद्धता पूरा गर्न एक वर्ष सभापति कोइराला प्रधानमन्त्री हुने र मैले पार्टी सञ्चालन गर्ने समझदारी भएको छ’ उनले भने,‘एक वर्षपछि कोइरालाले छाड्ने र देउवा या मैले सरकारको नेतृत्व गर्ने सहमतिसमेत भएको छ ।’ एक वर्षपछि सरकारको नेतृत्व देउवा या तपाईंमध्ये कसले गर्ने भन्ने जिज्ञासामा भने कोइरालाले आफूलाई एक वर्षपछि प्रधानमन्त्री बनाउने समझदारी गरेको बताए ।
कांग्रेस महामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्ण सिटौला, रामशरण महत, महेश आचार्य, अर्जुननरसिंह केसी, दीपकुमार उपाध्यायलगायतका नेताले देउवासमक्ष कोइरालाको एक वर्षपछि प्रधानमन्त्री उनलाई छाड्नेसहितको एघारबु“दे प्रस्ताव लगेका थिए । तर, देउवाले पार्टीमा आफ्नो र संस्थापन पक्षमात्र दुइटा शक्ति रहेको र यी दुई पक्षबीचमात्र समझदारी हुनुपर्नेमा कोइरालाले पहिला पौडेलसित सहमति गरेको भन्दै प्रस्ताव अस्वीकार गरेका थिए ।
सिटौलासहितका नेताले कोइरालालाई दलको नेता, पौडेललाई कार्यवाहक सभापति दिने, देउवालाई एक वर्षपछिको प्रधानमन्त्री बनाउने सहमतिको सूत्रका साथ तीनै नेतालाई समझदारी गराउने कसरतमा जुटेका छन् ।
 एक वर्षपछिको उदारो प्रधानमन्त्रीमा देउवा विश्वस्त हुन नसकेको समेत स्रोतले उल्लेख गरेको छ । शुक्रबार राति कोइराला, देउवा र पौडेलबीच छलफल हु“दा पनि सहमति हुन सकेको थिएन ।
नेताको निर्वाचनमा जा“दा पार्टी र सरकार सञ्चालनमा अप्ठ्यारो आउन सक्ने भन्दै दोस्रो तहका नेताहरूले कोइराला र देउवाबीच सहमति गराउन शनिबार बिहानदेखि रातिसम्म प्रयास जारी राखेका थिए । ‘पार्टीभित्र पद बा“डफा“डमात्र नभएर मिलाउन बा“की धेरै राजनीतिक विषय छन् । मुख्य कुरा उहा“हरू (कोइराला र देउवा) बीचको अविश्वास हो’ महामन्त्री सिटौलाले भने– ‘दुई नेताबीच विश्वासको वातावरण सिर्जना गरेर आइतबार बिहानसम्म सहमति गराउने प्रयासमा छौं ।’
देउवा पार्टीमा शक्ति सन्तुलनका लागि कार्यवाहक सभापति या प्रधानमन्त्रीमध्ये एक पद पाए समझदारी गर्न तयार रहेको उनी निकट नेता बिमलेन्द्र निधिले बताए । ‘सभापति कोइराला र देउवा पक्ष नै प्रमुख शक्ति हुन्, पार्टीमा शक्ति सन्तुलनका लागि यी दुई पक्षबीचमात्र समझदारी हुनुपर्छ । तर, कोइरालाले आफ्नो समूहभित्रै रहेका पौडेलसित गरेको समझदारीको कुने अर्थ राख्दैन । त्यसले पार्टीमा शक्ति सन्तुलन र समझदारीलाई मद्दत पु¥याउ“दैन’ निधिले कान्तिपुरसित भने ।
कोइराला र पौडेलबीच शनिबार बिहान र संसदीय दलको कार्यालय सिंहदरबारमा भएको वार्तापछि दुई नेताबीच समझदारी भएको हो । पौडेलको समर्थन पाएपछि कोइराला दलको नेताको प्रतिस्पर्धामा देउवाभन्दा बलियो भएका छन् । तर, देउवा आफ्नो पक्षमा बहुमत पु¥याउन कोइराला र पौडेल पक्षका सभासद तान्ने प्रयासमा जुटेका छन ।  
कांग्रेसमा कोइराला र देउवाको उम्मेदवारी दर्ता भए पनि सर्वसम्मत रूपमा नेता चयन गर्ने प्रयास आइतबार बिहानसम्म जारी रहनेछ । निर्वाचन समितिले अबेरसम्म कोइराला र देउवाबीच समझदारी हुन सकोस् भनेर मनोनयन फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने समय राति १० बजेसम्मका लागि सारेको छ । यसअघि बेलुका ५ बजेसम्ममात्र उम्मेदवारी फिर्ता लिने समय तोकिएको थियो ।

पौडेलले किन छाडे ?
उपसभापति पौडेलको प्राथमिकता पार्टीको कार्यवाहक सभापति भन्दा सरकारको नेतृत्व (प्रधानमन्त्री) मा थियो । त्यसका लागि उनले कोइरालासित आफूलाई कार्यवाहक सभापतिभन्दा सरकार सञ्चालन गर्न दिन बारम्बार आग्रह गर्दै आएका थिए । नहुने बेला १८ पटक सम्म प्रधानमन्त्रीका लागि प्रतिस्पर्धा गर्न लगाउने, तर हुने बेलामा बाटो छेक्दा आफूलाई अन्याय हुने भन्दै कोइरालालाई दबाब दिदै आएका पौडेलले अन्तिम अवस्थामा कार्यवाहक सभापति रौज्नुपर्ने बाध्यता आयो । पौडेलले कोइराला र देउवाबीचको विवाद बढ्दा आफ्नो नाममा सहमति हुने आशा राखेका थिए । तीन जनाबीच चुनावै हुने खण्डमा कोइरालापछि हट्न सक्ने अनुमान उनमा थियो ।
कोइराला निर्वाचनमा गइहाले देउवा समूहको समर्थन आफूलाई हुने आशासमेत उनले गरेका थिए । देउवा पक्षका दोस्रो तहका नेताहरूस“ग उनको त्यस किसिमको छलफलसमेत भइरहेको थियो । तर, अन्त्यमा देउवा आफैंंले दलको नेतामा चुनाव लड्ने घोषणा गरेपछि पौडेल झस्के । देउवाले बानेश्वरस्थित एक पार्टी प्यालेसमा शुक्रबार पार्टीभित्र सहमति नभए आफै चुनाव लड्ने सार्वजनिक गरेका थिए । त्यसलगतै कोइराला र पौडेलबीच पटक–पटक वार्ता भई बिहान समझदारी बनेको थियो । बिहान भएको समझदारीलाई संसदीय दलको कार्यालयमा आएर लिखित रूपमा ११ बु“दामा लिपिबद्ध गरिएको छ । जसमा सभापति कोइरालाले संविधान जारी गर्ने एक वर्षको अवधि सरकारको नेतृत्व गर्ने, त्यतिञ्जेल पौडेललाई कार्यवाहक सभापति दिने, कोइरालाले सरकारबाट राजीनामा दिएपछि देउवा र पौडेलबीचको आपसी समझदारीमा सरकारको नेतृत्व हस्तान्तरण गर्ने मुख्य विषय उल्लेख छ ।
देउवाले आफूस“ग सल्लाह नै नगरी पौडेललाई कार्यवाहक सभापति दिइएको र एक वर्षपछिको सरकारको नेतृत्वमा समेत दुइटाको नाम जोडेर ल्याइएको भन्दै अस्विकार गरेका थिए । ‘शेरबहादुर देउवाले आफूले मनोनयन दर्ता नगरी पौडेललाई सहयोग गर्ने भनिएको भए उहा“ (पौडेल) चुनाव लड्ने मनस्थितीमा हुनुहुन्थ्यो’ पौडेल निकट एक नेताले भने,‘तर आफैं प्रतिस्पर्धा गर्ने तयारी स्वरूप देउवाको उम्मेदवार परेपछि पौडेलले कोइरालासंग सहमति गर्न बाध्य हुनुभएको हो ।’ कांग्रेसमा प्रमुख रूपमा कोइराला र देउवा समूह भएकाले पौडेलसित आफू समर्थक सभासदहरूको संख्या ठूलो छैन । तर, उनीस“ग संख्यात्मक रूपमा सानो समूह भए पनि रणनीतिक हिसाबले महत्वपूर्ण छ । उनलाई कोइराला या देउवा जसले समर्थन गरे पनि उनी दलको नेता निर्वाचित हुन सक्थे । तर, कोइराला र देउवा दुवै जना नेतामा लड्दा आफू तेस्रो मत ल्याएर पराजित भइने र दोस्रो चरणको चुनाव हु“दा आफू प्रतिस्पर्धाबाट बाहिरिनुपर्ने भएकाले उनी प्रतिस्पर्धाबाटै बाहिरिएको उनी निकट सभासदले बताए ।
















No comments:

Post a Comment