Thursday, August 1, 2013

सिंहदरबारको भूमिगत तला डुबानमा

काठमाडौं, १६ साउन– मंगलबार दिउ“सो करिब एक घन्टा परेको मुसलधारे वर्षाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सचिवालय रहेको सिंहदरबार मूल भवनको भूमिगत तलाका सबै कार्यालय कोठा डुबानमा परेका छन् ।
करिब तीन फिट पानी जमेपछि भूमिगत तलामा रहेका सुदूर पश्चिम विकास आयोग, कर्णाली विकास आयोग, नीति अनुसन्धान केन्द्र, सूचना प्रविधि विकास आयोजना कार्यालयका कागजपत्र भिजे । कर्मचारीहरू कार्यालयमा बस्न नसकेर बाहिर निस्किन बाध्य भएका थिए । सिंहदरबार मूल भवनको पूर्वी प्रवेशद्वार मुनिको पार्किङमा राखिएका गाडी र मोटरसाइलसमेत डुबेका थिए ।
पूर्वी प्रवेशद्वार र भूमिगत कोठा सिंहदरबारको जमिनको सतहभन्दा कम उचाइमा रहेको र पानीको निकास राम्रो नभएकाले डुबान भएको प्रधानमन्त्री कार्यालयका कर्मचारीले जनाए । नेपाली सेना र काठमाडौं महानगरका कर्मचारीले अपराह्न दमकल र जेनेरेटर चलाई पाइप लगाएर पानी बाहिर फालेका थिए । पानी बाहिर फाल्न सेना, महानगर तथा दमकलका कर्मचारीलाई डेढ घन्टाभन्दा बढी लागेको थियो ।

No comments:

Post a Comment