Monday, August 19, 2013

अख्तियारद्वारा ताल अतिक्रमण छानबिन समिति गठन

भ्रष्टाचारको उजुरी फेसबुकबाट समेत दिन सकिने
काठमाडौं, २ भदौ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फेवातालसहित कास्कीका सबै तालतलैया अतिक्रमण अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न छानबिन समिति गठन गरेको छ ।
पोखराका सबै तालतलैया अतिक्रमण बढेपछि अतिक्रमणकारीलाई कारबाही सिफारिस गर्न सहसचिव कृष्णप्रसाद ढुंगानाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो । समितिलाई तालतलैयाहरूको पहिले र अहिलेको स्थितिबारे स्थलगत भ्रमण्ँ एवं दस्तावेज भिडाई अतिक्रमण्ँ भएको Ôेत्रफल र अतिक्रमण्ँ गर्नेहरूको पहिचान गरी कारबाही सिफारिस गर्न समिति गठन गरिएको अख्तियारले जनाएको छ ।
समितिलाई पश्चिमाञ्चल Ôेत्रीय प्रशासन, जिल्ला प्रशासन र कास्कीस्थित नापी, भूमिसुधार, वन, भू तथा जलाधार संरÔण्ँ र आवश्यक देखिएका सम्बद्ध कार्यालयका प्रतिनिधिसमेत समावेश गरी स्थलगत अध्ययन अघि बढाउन अख्तियारी दिइएको छ ।
यसैबीच, अख्तियारले सामाजिक सञ्जाल फेसबुकमार्फतसमेत जोसुकैले भ्रष्टाचारबारे जानकारी या उजुरी दिन सकिने व्यवस्था गरेको छ । भ्रष्टाचारबारे जानकारी या उजुरी लिन अख्तियारले फेसबुक पेज ‘कमिसन फर दि इन्भेस्टिगेसन अफ अब्युज अफ अथोरिटी–सीआईएए’ सञ्चालनमा ल्याएको छ । अख्तियारले फेसबुकमा दिइएको उजुरी या जानकारीबाट समेत भ्रष्टाचार छानबिन गर्नेछ । यसअघि इमेल, टोल फ्री नम्बर र लिखित उजुरी दिन सकिने व्यवस्था मात्र थियो ।

No comments:

Post a Comment