Saturday, August 10, 2013

कांग्रेसद्वारा सिराहा घटनाप्रति चिन्ता प्रकट

काठमाडौं, २६ साउन– कांग्रेसले सिराहाको सास्वर गाविसमा दुई समूहबीच शुक्रबार भएको झडपका कारण केही घरमा आगजनी र तोडफोडको घटनापछि उत्पन्न परिणामप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयले शनिबार विज्ञप्ति जारी गरी उक्त घटनास“ग धार्मिक तथा जातीय विषय जोडेर आउनु अत्यन्त दुःखद भएको टिप्पणीसमेत गरेको छ ।
कांग्रेसले यस्ता घटना पुनः नदोहरिन नदिन अविलम्व उपयुक्त कदम चाल्न, घटनाको सत्य तथ्य पत्ता लगाई दोषीलाई कारबाही गर्न गर्न तथा पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसमक्ष माग गरेको छ । सामाजिक सद्भाव र एकता कायम राख्न दुवै पक्षलाई संयमित हुनसमेत कांग्रेसले आह्वान गरेको छ ।


प्रेस विज्ञप्ति

सिरहाको सास्वर गा.वि.स.मा दुई समूह बीचको झडपका कारण हिजो शुक्रबार केही घरमा आगजनी र तोडफोडको घटनापछि उत्पन्न परिणामप्रति नेपाली कांग्रेसको ध्यानाकर्षण भएको छ । यस घटनासँग धार्मिक एवं जातीय विषय जोडेर आउनु अत्यन्त दुःखद कुरा हो । 

यस्ता घटना पुनः नदोहरिन दिन प्रशासनले अविलम्व उपयुक्त कदम चालोस् र यस घटनाको सत्य तथ्य पत्ता लगाई दोषीलाई कार्वाही गर्न तथा पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग नेपाली कांग्रेस माग गर्दछ । साथै, सामाजिक सद्भाव र एकता कायम राख्न तथा दुवै पक्ष संयमित हुन पनि नेपाली कांग्रेस आग्रह गर्दछ ।

    चिनकाजी श्रेष्ठ
    मुख्य सचिव
श्रावण २६, २०७०

No comments:

Post a Comment