Friday, August 9, 2013

पौडेल आज दिल्ली जाने

काठमाडौं, २५ साउन– नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल आफ्नो स्वास्थ्योपचारका लागि आइतबार भारतको नया“ दिल्ली जाने भएका छन् । उनको केही समयअघि त्रिवि शिक्षण अस्पतालमा पायल्सको अपरेसन गरिएको थियो ।
कांग्रेस केन्द्रीय कार्यालयद्वारा शनिबार जारी विज्ञप्तिका अनुसार पौडेले आइतबार बिहान १० बजे एअर इन्डियाको उडानबाट नया“ दिल्ली प्रस्थान गर्ने कार्यक्रम छ ।

प्रेस विज्ञप्ति


नेपाली कांग्रेसका उपसभापति एवं पूर्व सभामुख श्री रामचन्द्र पौडेलज्यू आफ्नो स्वास्थ्योपचारका क्रममा २०७० श्रावण २७ गते आइतबार विहान १० बजे एयर इण्डियाको उडानद्वारा भारतको राजधानी नयाँ दिल्लीतर्फ प्रस्थान गर्नु हुने कार्यक्रम रहेको छ ।           
            
  
    चिनकाजी श्रेष्ठ
    मुख्य सचिव
श्रावण २५, २०७०










No comments:

Post a Comment