Thursday, August 29, 2013

चिनियाँ कम्पनीद्वारा सबै कमसल ट्रान्सफर्मर फेरिदिने प्रस्ताव

ट्रान्सफर्मर घोटाला प्रकरण
  • कालो सूची र अन्तर्राष्ट्रिय बजार गुम्न नदिने चिनिया“ कम्पनीको चाल
  • प्रकरण अख्तियार र अदालतमा विचाराधीन रहेकाले प्रस्ताव अघि बढ्न सक्तैन : प्राधिकरणका अधिकारी
काठमाडौं, १२ भदौ– चिनिया“ कम्पनी हुवेई सनलाइट इलेक्ट्रिक कम्पनीले विद्युत् प्राधिकरणलाई कमसल गुणस्तरको ट्रान्सफर्मर आपूर्ति गरेकामा गल्ती भएको स्वीकार गर्दै तिनका ठाउ“मा सबै नया“ ट्रान्सफर्मर फेरिदिने प्रस्ताव गरेको छ ।
टेन्डरमा उल्लिखित गुणस्तरभन्दा कमसल ट्रान्सफर्मर खरिद गरेकामा प्राधिकरण कार्यकारी निर्देशक रामेश्वर यादवसहित २२ कर्मचारी र कमसल उपकरण आपूर्ति गरेकामा आफ्ना तीन अधिकारी र नेपाली एजेन्टविरुद्ध अख्तियारले भ्रष्टाचारको अभियोगमा कारबाही अघि बढाएपछि हुवेई सनलाइट इलेक्ट्रिक कम्पनीले पत्र पठाई सबै ट्रान्सफर्मरका ठाउ“मा नया“ फेरिदिन प्रस्ताव गरेको हो । उक्त कम्पनीले पत्रमा प्राधिकरणलाई पुराना ट्रान्सफर्मरको सट्टा नया“ फेरिदिने समयतालिका बनाउनका लागि वार्ता गर्न एक उच्च अधिकारी तोक्नसमेत आग्रह गरेको छ ।
अख्तियारले कार्यकारी निर्देशक यादवसहित २२ कर्मचारी, आपूर्तिकर्ता चिनिया“ कम्पनीका तीन अधिकारी र उसको नेपाली एजेन्टलाई दुईपटकको खरिदमा करोडौं रुपैया“ भ्रष्टाचार गरी प्राधिकराणलाई ४२ करोड रुपैया“भन्दा बढी नोक्सानी पु¥याएकामा ४२ करोड हर्जाना तिराउन, हर्जानाबराबरको जरिवाना गर्न र १० वर्षसम्म जेल सजाय गर्न माग गर्दै विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
 भ्रष्टाचारको मुद्दा दायर गरिएकामा चिनिया“ कम्पनी हुवेई सनलाइट इलेक्ट्रिक कम्पनीका अध्यक्ष, महाप्रबन्धक, अख्तियारप्राप्त प्रतिनिधिसहित तीन अधिकारी र नेपाली एजेन्ट छन् । उक्त प्रकरणमा चिनिया“ कम्पनीका दुई अधिकारीसमेत पक्राउ परिसकेका छन् भने एक जना अधिकारी र नेपाली एजेन्ट फरार छन् ।
प्राधिकरणले तामाको तारवाला गुणस्तरीय ट्रान्सफर्मर २०६७÷६८ मा १२ सय ६० र सन् २००९ मा ७ सय ३५ थान खरिद गर्न आ्हवान गरेको टेन्डरमा हुवेई कम्पनी छानिएको थियो । उक्त कम्पनीले दुवैपटकको टेन्डरमा तामाको तारवाला गुणस्तरीयको सट्टा आल्मुनियमको तारवाला कमसल गुणस्तरका ट्रान्सफर्मर आपूर्ति गरेको थियो । प्राधिकरणले
उक्त कम्पनीसित ११ करोड ७३ लाख रुपैया“मा विभिन्न क्षमताका १२ सय ६० थान तथा सन् २००९ मा ९ करोड ३६ लाखमा ७ सय ३५ थान ट्रान्सफर्मर खरिद गरेको थियो ।
कमसल गुणस्तरका सामान आपूर्ति गरेकामा नेपालमा आफ्नो कम्पनी सार्वजनिक खरिद ऐनअनुसार सदाका लागि कालो सूचीमा पर्ने, त्यसबाट अन्तर्राष्ट्रियस्तरमै आफ्नो प्रतिष्ठा तथा बजार गुम्ने तथा ठूलो रकम हर्जाना तिनुपर्ने र आफ्ना तीन उच्च अधिकारी र नेपाली एजेन्ट १० वर्षसम्म जेलमा पर्ने भएकाले हुवेईले टेन्डरमा उल्लिखित गुणस्तरका नया“ ट्रान्सफर्मर फेरिदिने प्रस्ताव गरेको जानकारी प्राधिकरणका अधिकारीले दिए । आफ्ना अधिकारीलाई कैद सजायबाट जोगाउन, हर्जाना तथा जरिवाना तिर्न तथा कालो सूचीमा पर्न तथा अन्तर्राष्ट्रिय बजार र प्रतिष्ठा गुम्नबाट जोगिन उक्त कम्पनीले ट्रान्सफर्मर फेरिदिने प्रस्ताव गरी नया“ चाल चलेको प्राधिकरणका अधिकारी बताउ“छन् ।
ती अधिकारीले ट्रान्सफर्मर खरिद प्रकरण अख्तियार र विशेष अदालतमा विचाराधीन रहेकाले प्राधिकरणले कुनै पनि कानुनअनुसार चिनिया“ कम्पनीको प्रस्तावअनुसार नया“ ट्रान्सफर्मर फेर्ने प्रस्तावमा वार्ता अघि बढाउन नसक्ने जानकारी दिए ।
प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लवबहादुर घिमिरेले हु बेई कम्पनीले अगस्ट २० मा पत्र पठाई कमसल गुणस्तरका ट्रान्सफर्मर आपूर्ति गरेकामा गल्ती स्वीकार गर्दै सबै (१ हजार ९ सय ४० वटा) ट्रान्सफर्मर फेरिदिने प्रस्ताव गरेको जानकारी दिए ।
यसअघि उक्त कम्पनीले आपूर्ति गरी प्राधिकरणले विभिन्न ठाउ“मा जडान गरेका ५६ वटा ट्रान्सफर्मर कमसल गुणस्तरको भएको छानबिन समितिले औंल्याएपछि हुवेईले गत वर्षको नोभेम्बरमा ती ट्रान्सफर्मर फेरिदिएको थियो । हुवेईले पछिल्लो पत्रमा बा“की १ हजार ९ सय ४० वटासमेत फेरिदिने प्रस्ताव गरेको हो । निरीक्षणका क्रममा ती ५६ वटै ट्रान्सफर्मरमा एउटै प्रकृतिको समस्या भेटिएको थियो ।
प्राधिकरणका एक अधिकारीले चिनिया“ कम्पनीले पत्रमा कमसल गुणस्तरका सबै ट्रान्सफर्मरका ठाउ“मा बिना शर्त नया“ र गुणस्तरीय फेरिदिन प्रस्ताव गरेको जानकारी दिए । ‘कम्पनीका अध्यक्ष लि दाओ गुले पत्रमा सबै ट्रान्सफर्मर फेरिदिने समयतालिका बनाउनका लागि वार्ता गर्न प्राधिकरणलाई एक जना जिम्मेवार अधिकार तोक्न आग्रह गरेको छ’ प्राधिकरणका एक अधिकारीले भने । अख्तियारले कम्पनीका अध्यक्ष गुलाई समेत जिम्मेवार ठह¥याई उनीविरुद्धसमेत विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
प्राधिकरणका वितरण तथा ग्राहक सेवा विभागका निर्देशक उपेन्द्रदेव भट्टले ट्रान्सफर्मर खरिद प्रकरण अदालतमा पुगिसकेकाले प्राधिकरणले चिनिया“ कम्पनीको प्रस्तावका सम्बन्धमा कुनै प्रत्युत्तर नपठाएको जानकारी दिए ।
‘ट्रान्सफर्मर प्रकरण अख्तियार र विशेष अदालतमा विचाराधीन रहेका बेला हामीले चिनिया“ कम्पनीसित कसरी वार्ता अघि बढाउन सक्छौं ?’ प्राधिकरण एक अधिकारीले भने– ‘वार्ताका क्रममा चिनिया“ कम्पनीका अध्यक्ष या उसका अधिकारी पक्राउ परेमा को जवाफदेही हुन्छ ?’
अख्तियारले भ्रष्टाचारको अभियोगमा व्यापक मात्रामा कारबाही प्रक्रिया अघि बढाएपछि प्राधिकरणका कर्मचारीहरू भयभित भइरहेका बेला नया“ ट्रान्सफर्मर फेर्नका लागि प्राधिकरणका कसैले पनि चिनिया“ कम्पनीसित पहल गर्न सक्ने सम्भावना नै नरहेको स्रोतले उल्लेख गरेको छ । निमित्त कार्यकारी निर्देशक घिमिरेले नेपालमा कालो सूचीमा परिने र अन्तर्राष्ट्रिय रूपमा आफ्नो कम्पनीको प्रतिष्ठा र बजार गुम्ने डरले हुवेई ट्रान्सफर्मर फेरिदिन तयार भएको बताउ“छन् ।
चीन र थाइल्यान्डबाट आपूर्ति गरिएका ट्रान्सफर्मरलगायतका उपकरणमा समस्या देखिएपछि सन् २०१२ मा प्राधिकरणले छानबिन समिति गठन गरेको थियो । ट्रान्सफर्मर कमसल गुणस्तरका भएकाले विद्युत् चुहावट बढी हुने गरेको र कतिपय फुट्ने÷पड्किनेलगायतका समस्या देखिएको थियो । प्राधिकरणका तत्कालीन सञ्चालक समिति सदस्य कृष्णप्रसाद दुलालले विभिन्न ठाउ“मा जडान गरिएका ४ हजार ६ सय ५७ वटा ट्रान्सफर्मर परिक्षण गरेको थियो । प्राधिकरणले चारवटा चिनिया“ र एउटा थाई कम्पनीबाट ट्रान्सफर्मर खरिद गरेको थियो । छानबिन समितिले ट्रान्सफर्मरहरू टेन्डरको शर्तबमोजिम तामाको तारवाला हुनुपर्नेमा आल्मुनियमको तारवाला। प्राविधिक रूपमा कमसलस्तरका रहेको र त्यसमा प्राधिकरणका अधिकारीहरू दोषी रहेको प्रतिवेदन दिएको थियो ।
अख्तियारले ट्रान्सफर्मर खरिद प्रकरणमा ४२ करोड रुपैया“भन्दा बढी भ्रष्टाचार गरेकामा यादवसहित २२ कर्मचारी र चिनिया“ आपूर्तिकर्ता कम्पनीका चार जना अधिकारीविरुद्ध दस वर्ष वर्षसम्मको कैद सजाय गर्न, ४२ करोड रुपैया“भन्दा बिगोबराबरको हर्जाना तिराउन र बिगोबराबरको थप जरिवाना गर्न अदालतसमक्ष मागदाबी गरेको छ ।
मुद्दा दायर गरिएकामा यादवसहित प्राधिरकणका पूर्वकार्यकारी निर्देशक जीवेन्द्र झा, तत्कालीन निमित्त कार्यकारी निर्देशक टिकाराम बीसी, तत्कालीन योजना प्रमुख कृष्णबहादुर थापा, पूर्वमहाप्रबन्धक चिरञ्जीवी शर्मा पौडेल, सहनिर्देशक हरीशबहादुर पाल, प्रबन्धक सिन्धु यादव, प्रबन्धक कैलाशप्रसाद अटल, प्रबन्धक सुरेन्द्रराज जोशी, लेखा अधिकृत सुरेशकुमार कटुवाल, प्रबन्धक शेखरकुमार दत्त, केन्द्रीय भण्डार प्रमुख एवं इन्जिनियर नारायणप्रसाद चौधरी, भण्डार सहायक सरोज श्रेष्ठ, उपनिर्देशक (लेखा)  कृष्णबहादुर केसी, ११ औ तहका देव शर्मा पौडेल, वितरण तथा ग्राहक सेवाका लेखा अधिकृत सुशीलप्रसाद खनाल, विद्युत् विकास आयोजनाका पूर्वसंयोजक महेशप्रसाद आचार्य र  इन्जिनियर प्रमोद रिजाल, कृष्णबहादुर केसी, भरत रूपाखेती, मदनराज चापागाईं र प्रज्ज्वल पाण्डे छन् ।
कमसल गुणस्तरको ट्रान्सफर्मर आपूर्तिकर्ता चिनिया“ कम्पनी हुवेई सनलाइट इलेक्ट्रिक कम्पनीका अध्यक्ष, महाप्रबन्धक, अख्तियारप्राप्त प्रतिनिधिसहित चार अधिकारी छन्, त्यसमध्ये दुई चिनिया“ अधिकारीलाई अख्तियारले पक्राउ गरी अदालतलाई बुझाइसकेको छ भने एक चिनिया“ अधिकारी र नेपाली एजेन्ट बेपत्ता छन् ।

No comments:

Post a Comment