Tuesday, August 27, 2013

चाडपर्वमा तडकभडक नगर : अख्तियार

काठमाडौं, ११ भदौ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुनै पनि सामाजिक कार्य तथा चाडपर्वमा तडकभडक र फजुल खर्च नगर्न सबै जात, जाति र धर्मावलम्बलीलाई आग्रह गरेको छ । महत्वपूर्ण चाडपर्व नजिकिंदै गइरहेका बेला अख्तियारले मंगलबार विज्ञप्ति जारी गरी तडकभडक र फजुल खर्च नगर्न आमजनसमुदायलाई सचेत गराएको हो ।
अख्तियारले सामाजिक र सांस्कृतिक चाडपर्व, समारोह गर्दा तडकभडक तथा फजुल खर्च गर्ने प्रवृत्तिले समाजमा प्रतिस्पर्धा बढ्न गई भ्रष्टाचारले प्रश्रय पाउनेतर्फ सचेत गराउ“दै सामाजिक कार्य र चाडपर्वमा मितव्ययिता अपनाउन अपिल गरेको हो ।
अख्तियारका प्रवक्ता श्रीधर सापकोटाद्वारा जारी विज्ञप्तिमा सामाजिक व्यवहार (सुधार) ऐन, २०३३ ले गरेको प्रावधान समयसापेÔ भए÷नभएको समिक्षा गरी त्यसमा यथोचित व्यवस्था गर्न सरकारको ध्यानाकर्Èण्ँ गराइसकिएकोसमेत उल्लेख छ ।

No comments:

Post a Comment