Thursday, August 1, 2013

मन्त्री श्रेष्ठद्वारा प्रशासनिक पदमा राजनीतिक नियुक्ति

काठमाडौं, १५ साउन– पर्यटन तथा नागरिक उड्डयनमन्त्री रामकुमार श्रेष्ठले मन्त्रालयका अधिकारी कार्यकारी निर्देशक हुने ४० वर्षदेखिको स्थापित परम्परालाई तोड्दै नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा राजनीतिक नियुक्ति गरेका छन् ।
श्रेष्ठले मन्त्रालयस्तरीय निर्णय गरी आफ्नो गृह जिल्ला गोरखाबासी पूर्वशिक्षक चुडामणि कट्टेललाई विशिष्ट श्रेणीको सुविधा पाउने गरी चार वर्षका लागि प्रतिष्ठानको कार्यकारी निर्देशक नियुक्त गरेको जानकारी पर्यटन मन्त्रालय स्रोतले दिएको छ । श्रेष्ठसमेत गोरखाबासी हुन् ।
पर्यटन तथा होटल व्यवस्थापनसम्बन्धी कुनै अनुभव नभएका व्यक्तिलाई प्रतिष्ठानको प्रमुख बनाउनु दुर्भाग्यपूर्ण भएको मन्त्रालयका एक अधिकारीले बताए । स्रोतका अनुसार प्रतिष्ठानमा ४० वर्षदेखि पर्यटन मन्त्रालयका उपसचिवलाई कार्यकारी निर्देशक नियुक्त गरिंदै आएको थियो । श्रेष्ठले प्रतिष्ठानको कार्यकारी निर्देशक रहेका रामचन्द्र ढकाललाई पदमुक्त गरी मन्त्रालयमा फिर्ता गरेर कट्टेललाई नियुक्ति दिएका हुन् ।
पर्यटनको प्रवद्र्धन र होटल व्यवस्थापनमा महत्वपूर्ण योगदान पु¥याउ“दै आएको प्रतिष्ठानमा राजनीतिक दलका नेता मन्त्री हु“दासमेत प्रशासनिक अधिकारीलाई नियुक्त गर्ने परम्परालाई कायम राखिएको थियो । तर, पूर्वप्रशासक श्रेष्ठ मन्त्री रहेकै बेला प्रतिष्ठानमा प्रशासनिक अधिकारी कार्यकारी निर्देशक हुने परम्परा तोडी राजनीतिक नियुक्ति गरिनु आफैंमा आश्चर्यजनक भएको स्रोतले उल्लेख गरेको छ ।






No comments:

Post a Comment