Tuesday, August 27, 2013

चुनाव छाडी अध्यक्ष रेग्मी राष्ट्रसंघीय महासभामा जाने

काठमाडौं, १० भदौ– अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी संविधानसभा चुनावको तयारीलाई बेवास्ता गरी आगामी असोज ४ देखि १४ गतेसम्म संयुक्त राष्ट्रसंघको ६८ औं महासभामा भाग लिन जाने भएका छन् । उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभामा सहभागी हुनेछन् ।
आगामी मंसिर ४ मा मुलुकमा संविधानसभा चुनाव गराउन नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने सरकार प्रमुख रेग्मी नैं झन्डै दुई साता लामो भ्रमणमा जा“दा निर्वाचनको तयारीलाई असर पर्न सक्ने सरकारी अधिकारी नै बताउ“छन् ।
काम चलाउ या चुनावी मन्त्रिपरिषद्का बेलामा राष्ट्रसंघीय महासभामा भाग लिन प्रधानमन्त्रीका सट्टामा परराष्ट्रमन्त्रीको नेतृत्वमा प्रमण्डल पठाउने परम्पराविपरीत रेग्मी आफैंं जान लागेका हुन् । रेग्मी नै जाने निर्णयले सरकार मंसिर ४ मा संविधानसभा चुनाव सफल गराउन गम्भीर नरहेको सन्देश दिएकोसमेत सरकारी बताउ“छन् ।
रेग्मीका साथमा परराष्ट्रमन्त्री माधव घिमिरेसहित सरकारका महत्वपूर्ण पदाधिकारी प्रतिनिधिमण्डलमा सहभागी हुने र त्यतिबेला चुनावका लागि कुनै महत्वपूर्ण निर्णय गर्नुप¥यो, हुन नसक्ने अवस्था आउने जानकारी स्रोतले दिए ।
तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला २०५१ कात्तिकमा आमनिर्वाचन गराउने क्रममा महासभामा भाग लिन गएका थिएनन्, नेपालका तर्फबाट परराष्ट्रमन्त्रालयको समेत कार्यभार सम्हालेका कोइरालाले राष्ट्रसंघमा तत्कालीन अर्थमन्त्री महेश आचार्यको नेतृत्वमा प्रतिनिधिमण्डल पठाएका थिए ।
मन्त्रिपरिषदको सोमबार बसेको बैठकले राष्ट्रसंघीय महासभामा भाग लिन जान अध्यक्ष रेग्मीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल गठन गर्ने र आगामी असोज ५ देखि १४ गतेसम्म महासभामा भाग लिने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता सञ्चारमन्त्री माधव पौडेलले जानकारी दिए ।
एडीबीद्वारा तीन अर्ब सहयोग
एसियाली विकास बैंक (एडीबी) ले बागमती नदीको तटीय क्षेत्रको सुधारसम्बन्धी आयोजनाका लागि ३ अर्ब ७० लाख रुपैया“ अनुदान सहयोग गर्ने भएको छ । मन्त्रिपरिषदले उक्त सहयोग स्वीकार गर्ने निर्णय गरेको छ ।
सरकारले आगामी कात्तिक ४ र ५ गते राजधानीमा आयोजना हुने छैटौं गैर आवासीय नेपाली विश्व सम्मेलनको तयारीका लागि परराष्ट्रमन्त्री माधव घिमिरेको अध्यक्षतामा ३० सदस्यीय उच्चस्तरीय आयोजक समिति गठन गरेको छ ।
कोरियासित रेल्वे सम्झौता हुने
मुलुकमा रेलवे विकासका लागि सरकारले दक्षिण कोरियासित सम्झौता गर्ने भएको छ । दक्षिण कोरिया सरकारले नेपालमा रेल्वे विकासका लागि सहयोग गर्न इच्छा देखाएकाले उससित सम्झौता गर्ने तयारी गरिएको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दक्षिण कोरियासित रेल्वे विकासका लागि सम्झौतामा हस्ताक्षर गर्न स्वीकृतिका लागि मन्त्रिपरिषदमा प्रस्ताव गरेको छ । मन्त्रिपरिषदले उक्त प्रस्ताव आर्थिक तथा पूर्वाधार समितिमा पठाएको छ । समितिको निर्णयअनुसार मन्त्रिपरिषदले पारित गरेपछि दुई देशबीच रेल्वे विकास सम्झौतामा हस्ताक्षर हुने जानकारी भौतिक पूर्वाधार मन्त्रालयका एक अधिकारीले दिए ।




No comments:

Post a Comment