Sunday, August 11, 2013

कांग्रेस असन्तुष्टलाई चुनावमा ल्याउन हदैसम्मको लचिलो

कांग्रेस केन्द्रीय समितिको बैठक
काठमाडौं, २७ साउन– नेपाली कांग्रेसले नया“ सरकार गठन र मंसिर ४ को संविधानसभा चुनाव  सार्नेबाहेकका अरू माग सम्बोधन गरेर भए पनि असन्तुष्ट दलहरूलाई चुनावमा सहभागी गराउन हदैसम्मको उदार र लचिलो हुने निणर््ँय गरेको छ ।
प्रमुख चार दलले असन्तुष्ट पार्टीहरूलाई चुनावमा सहभागी गराउन एक साताभित्र अन्तिम तथा निर्णायक वार्ता र बैठक गर्न लागेको पूर्व सन्ध्यामा त्यसको एउटा प्रमुख घटक कांग्रेसले असन्तष्ट दलहरूको मागप्रति हदैसम्मको लचिलो हुने निर्णय गरेको हो ।
सभापति सुशील कोइरालाको निवास महाराजगञ्जमा शनिबार बिहान बसेको राजधानीमा उपलब्ध केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको अनौपचारिक बैठकले मंसिर ४ मा चुनाव गराउने शर्तमा नेकपा–माओवादी, मधेसी जनअधिकार फोरम नेपाल, संघीय समाजवादी पार्टीसहित साना दलहरूको समानुपातिक सिट बढाउनुपर्नेलगायतका मागमा पार्टी उदार र लचिलो हुने निर्णय गरेको हो ।
‘कांग्रेसले असन्तुष्ट दलहरू निर्वाचनमा आउने सुनिश्चित हुन्छ भने सरकार परिवर्तन तथा निर्वाचनको मिति सार्नेबाहेकका समानुपातिकको सिट संख्या वृद्धिलगायतका माग र प्रक्रियामा सहमति गर्न कांग्रेस हदैसम्मको उदारता र लचकता अपनाउन तयार हुने निर्णय गरेको’ बैठकपछि केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले भने ।
यसअघि दलहरूबीच सहमति नहु“दा संविधानसभाकालमा १७ पटकको चुनावबाट समेत प्रधानमन्त्री चयन गर्न नसकिएको, नौ–नौ महिनासम्म काम चलाउ सरकार रहेको तीक्त उदाहरण रहेको उल्लेख गर्दै कांग्रेसले सरकार विघटन गरी मुलुकलाई पुनः सरकारविहीनताको लामो अराजकता र शून्यतामा धकेल्न कांग्रेस कुनै पनि हालतमा तयार नहुने निर्णय गरेको जानकारी दिए । उनका अनुसार चुनाव सार्दा निर्वाचन ने टर्ने खतरा बढ्ने भएकाले मितिसमेत सार्न नहुने अडान कांग्रेसले अघि सारेको छ ।
माओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाबीच संविधानसभाको समानुपातिक र मनोनीत सिट संख्या घटाई ४ सय ९१ कायम गर्ने सहमतिअनुसार राष्ट्रपति रामवरण यादवबाट अन्तरिम संविधानको बाधा अड्काउ फुकाउ आदेश जारी भइसकेको छ । आदेशबाट संविधानसभाको समानुपातिक सिट ३ सय ३५ बाट घटाएर २ सय ४० तथा मनोनीत सिट २६ बाट ११ मा झारिएको छ ।
मधेसी जनअधिकार फोरम नेपाल, संघीय समाजवादी पार्टीलगायतका दलहरूले आफूहरू चुनावमा सहभागी हुन समानुपातिक सिट पुरानै अर्थात् ३ सय ३५ नै हुनुपर्ने मुख्य शर्त राख्दै आएका छन् । कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले असन्तुष्ट दलहरूसितको द्विपक्षीय तथा बहुपक्षीय वार्ता, ती दलको अडान र तिनले अपनाउन सक्ने लचकताका बारेमा जानकारी गराएपछि बैठकले चुनाव हुने शर्तमा समानुपातिक सिट बढाउनेलगायतका माग र प्रक्रियामा कांग्रेसले हदैसम्मको उदारता र लचकता अपनाउने निर्णय गरेको हो ।
कांग्रेसले दलीय सहमतिमा समानुपातिकको सिट बढाउने हो भने प्रत्यक्ष सिटको ३० प्रतिशतभन्दा कम क्षेत्रमा उम्मेदवारी दिने दलहरू समावेशी हुनुनपर्ने विद्यमान व्यवस्था हटाउनुपर्ने अडान राख्ने निर्णय गरेको छ । मधेसीलगायतका क्षेत्रीय दलले प्रत्यक्षतर्फ ३० प्रतिशतभन्दा कम सिटमा उम्मेदवारी दिने भएकाले तिनले समानुपातिक सिटमा ठूला पार्टीले जसरी समावेशी हुनुनपर्ने कानुनी व्यवस्था छ, यो व्यवस्था समावेशी सिद्धान्तविपरीत रहेको र पार्टी–पार्टीबीच विभेदकारी भएकाले यसलाई संशोधन गरी सबै दल समावेशी हुने प्रावधान राखिनुपर्ने अडान कांग्रेसले लिने भएको छ । ‘समानुपातिक सिट बढाउने हो भने सबै दल समानुपातिक सिटमा उम्मेदवार उठाउन समान रूपले समावेशी हुनैपर्ने कानुनी व्यवस्था गर्नुपर्छ भन्ने अडान कांग्रेसले राख्नेछ’ केसीले भने ।
कांग्रेसले संविधानसभा निर्वाचनका लागि सहमति गर्न नेकपा–माओवादीको वर्तमान सरकार विघटन हुनुपर्ने र मंसिर ४ मा घोषित चुनाव स्थगित गर्नुपर्ने शर्तलाई भने कुनै पनि हालतमा नस्वीकार्ने निर्णय गरेको छ । बैठकपछि कांग्रेस नेताहरूले नया“ सरकार गठन र चुनाव स्थगित गर्ने बाटामा जा“दा निर्वाचन नै टर्ने तथा सरकार गठनमा दलहरू लामो समय अलमलिने अवस्था आउन सक्छ भन्नेतर्फ पार्टी सचेत रहेको उल्लेख गर्दै घोषित चुनावलाई असर पार्ने खालको कुनै पनि कदम चाल्न पार्टी तयार नरहेको बताए ।
‘निर्वाचनलाई बाधा पार्ने पÔमा कांंग्रेस छैन । सरकार परिवर्तनमात्र होइन चुनाव सार्ने कुराले निर्वाचन नै टर्ने खतरा आउन सक्छ । कांग्रेस घोÈित मितिमै निर्वाचन हुनै पर्छ भन्ने अडानमा छं’ केसीले भने ।
अनौपचारिक बैठकपछि नेता देउवाले असन्तुष्ट दलहरूलाई निर्वाचनमा सहभागी गराउन अन्तिमसम्म प्रयास हुने, तर नेकपा–माओवादीले भने जस्तो चुनाव नसर्ने बताए । ‘कांग्रेस सबै दललाई सहभागी गराएर चुनावमा जान चाहन्छ, चुनावमा सबैलाई लिएर जान पार्टी लचिलो हुनैपर्छ, कांग्रेस लतिलो हुन तयार पनि छ । तर नेकपा–माओवादीले माग गरे पनि चुनाव सर्ने सम्भावना छैन’ उनले भने– ‘सबै दललाई चुनावमा सहभागी गराउन कांग्रेस लचिलो हुनेछ ।’
कांग्रेसले अरू असन्तुष्ट दललाई सहमतिमा ल्याउन सकिने, तर वर्तमान सरकार विघटन, बाधा अड्काउ आदेशको खारेजी, चुनावको स्थगित गर्नुपर्ने माग गरिरहेको नेकपा–माओवादीलाई मंसिर ४ को चुनावमा सहभागी गराउन सकिने सम्भावना कम भएको निष्कर्ष निकालेको जानकारी स्रोतले दिए ।
बैठकमा अधिकांश नेताले उक्त पार्टीलाई चुनावमा ल्याउन हरसम्भव प्रयास गर्ने, हुन नसके पनि चुनावमा जानूपर्ने धारणा राखेको जानकारी स्रोतले दिए । देउवाले असन्तुष्ट दलहरूलाई सहमतिमा ल्याउन आइतबार बिहान पनि वार्ता हुने जानकारी दिए ।
कांग्रेसको अनौपचारिक छलफलले निर्वाचनको रण्ँनीति तय गर्न पार्टीको केन्द्रीय कार्यसमितिको बैठक चा“डै बोलाउने निर्णयसमेत गरेको छ । बैठकको मिति भने तय गरिएको छैन । कांग्रेसले उम्मेदवार तय गर्न संसदीय समिति घोषणापत्र निर्माण समिति, निर्वाचनको प्रचारप्रसार, आर्थिक संकलनलगायतका समिति गठन गर्न तथा पार्टीलाई चुनावमा विजयी गराउन चाल्नुपर्ने रणनीति तय गर्न बैठक बोलाउन लागेको हो ।
बैठकमा सभापति कोइरालाको भारत भ्रमणको समिक्षासमेत भएको थियो । कोइराला र महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्ण्ँप्रसाद सिटौलाले आफूहरू छदिने भारत भ्रमण्ँ, भेटवार्ता र उपलब्धिका बारेमा जानकारी गराएका थिए । ‘कोइरालाले नेपाली कांग्रेस र भारतीय सरकार, त्यहा“का नेता, भारतको कांग्रेस आईलगायतका पार्टीहरूसितको सम्बन्ध सुदृढ गर्न भ्रमण्ँ महत्वपूणर््ँ अवसर रह्यो भन्ने ब्रिफिङ गर्नुभयो’ बैठकमा सहभागी एक नेताले भने ।
ती नेताका अनुसार कोइरालाले भारत भ्रमण्ँका क्रममा भएका उच्चस्तरीय भेटवार्ताबारे जानकारी गराउ“दै शान्ति, विकास र बहुदलीय लोकतन्त्रका लागि भारत नेपालमा समयमै निर्वाचन होस् भन्ने पÔमा रहेको जानकारी गराएका थिए ।

No comments:

Post a Comment