Saturday, August 3, 2013

कोरियाली ठेकेदारद्वारा चमेलियाको ठेक्का तोड्ने चेतावनी

चिनिया“ ठेकेदार गेजुवाले तोकिएको समय भन्दा तीन वर्ष ढिला भइसक्दा पनि सिभिल तर्पmको काम पुरा नगरेका कारण दोस्रो चरण हाइड्रोमेकानिकल को ठेक्का पाएको कोरियालीले काम गर्न सकेन , आप्mनो सहुलियतपुर्ण ऋणमा बन्दै गरेको आयोजनामा लापरवाही भएपछि कोरियाली एक्जिम बैंकले आपत्ति जनाउदै सरकारलाई पत्र लेख्यो
काठमाडौं, १७ साउन– निर्माणाधीन ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजनाको इलेक्ट्रोमेकानिकल, हाइड्रोमेकानिकल तथा प्रसारण्ँ लाइन निर्माण्ँको ठेकेदार कोरिया हाइड्रो एन्ड न्युक्लियर कम्पनीले शुक्रबारसम्म आफ्ना शर्त पूरा नभए ठेक्का तोड्ने चेतावनी दिएको छ ।
उक्त आयोजनाको सिभिल संरचनाको चिनिया“ ठेकेदार कम्पनी गेजुवाले निर्माणमा ढिलाइ गरेका कारण आफूले इलेक्ट्रोमेकानिकल तथा हाइड्रोमेकानिकल काम लामो समयदेखि गर्न नपाएकामा प्रोलंगेसन कस्ट (ठेक्का अवधि बढेको समयको लागत) बापत ८० लाख ५४ हजार डलर (करिब ८ करोड रुपैया“) भुक्तानी गर्नुपर्ने शर्त शुक्रबारसम्म पूरा नभए ठेक्का तोड्ने चेतावनी दिएको जानकारी विद्युत प्राधिकरणका एक अधिकारीले दिए ।
गेजुवाका कारण तीन वर्ष ढिलो भइसकेको चमेलियाको कोरियाली ठेकेदारले ठेक्का तोडे आयोजना झन् अनिश्चित हुने छ । ठेकेदारले ‘शुक्रबारसम्म आफ्नो शर्त सम्बोधन नभए ठेक्का तोड्न सक्ने आफ्नो अधिकार प्रयोग गर्छु’ भन्ने व्यहोराको पत्र प्राधिकरणलाई दिएको छ । ‘ऊर्जा, प्राधिकरण र कोरियाली ठेकेदारबीच शुक्रबार समस्या समाधान गर्न बैठक बस्दैछ,’ ती अधिकारीले भने, ‘समस्या समाधान नभए कोरियाली ठेकेदारले ठेक्का तोड्ने भनेको छ ।’ ति अधिकारीका अनुसार गेजुवाका कारण सिभिलको काम तीन वर्षं ढिलो भइसकेको छ । सिभिल संरचनाको काम नभई इलेक्ट्रोमेकानिल र हाइड्रोमेकानिकलको काम हुन सक्तैन, त्यही कारण कोरियाली ठेकदारले एक वर्षअघि ल्याइसकेका उपकरण इन्स्टलेसन (जडान) लगायतका कार्य गर्न पाएको छैन ।
ठेक्का अवधि लम्बिएको लागत (प्रोलंगेसन कस्ट) ८० लाख ५४ हजार डलर माग गरेको धेरै समय भइसक्दा पनि प्राधिकरणबाट भुक्तानी नपाएपछि कोरियाली ठेकेदारले शुक्रबारको शर्त तोकेको जानकारी स्रोतले दियो । ठेकेदारले इलेक्ट्रोमेकानिलक हाइड्रोमेकानिकलको काम गर्न नपाए पनि चमेलियाबाट उत्पादन हुने बिजुली राष्ट्रिय प्रसारणमा जोड्ने प्रसारण लाइन निर्माण कार्य भने सम्पन्न गर्न लागिसकेको छ । उक्त कम्पनीले प्रसारण लाइन र इलेक्ट्रोमेकानिकलको ठेक्का ४ करोड डलरमा लिएको हो ।
कोरियाको एक्जिम बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा उक्त आयोजना निर्माण भइरहेको हो । तर आफ्नो सहयोगको आयोजनामा विभिन्न समस्या आएको, निर्माण अवधि तीन वर्ष ढिला भइसकेकामा कोरियाली एक्जिम बैंंकले गम्भीर चिन्ता व्यक्त गर्दै सरकारलाई हालै पत्र लेखेको छ । त्यसबारे वार्ता गर्न बैंकको टोली शुक्रबार नेपाल आउने जानकारी ऊर्जा मन्त्रालयका अधिकारीले दिए ।
सन् २०११ को ९ मे अर्थात् २०६८ वैसाखमा सुरुङ र पावर हाउसलगायतका संरचना निर्माण सक्ने गरी ठेक्का लिएको गेजुवाले अहिलेसम्म ८० प्रतिशतमात्र काम सम्पन्न गरेको छ । उसले ०७१ पुसभित्रमात्र काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएको छ । पछिल्लो समय सुरुङ र पेनस्टकमा समस्या आएका कारण निर्माण अवधि झन् लम्बिने देखिएको छ ।
संशोधित कार्यतालिका अनुसार ०७१ पुसभित्र आयोजना निर्माण्ँ सम्पन्न गर्ने लक्ष्य राखिएकामा ठेकेदार गेजुवाको लापर्बाही, सुरुङ सा“घुरिने, पेनस्टकको समस्या, प्राधिकरणले समस्या समाधानमा तत्काल कदम नचाल्ने प्रवृत्तिका कारण आयोजना निर्माण्ँमा ढिलाइ हु“दै गएको हो । भेरिएसन माग गर्दै गेजुवाले पटकपटक कामसमेत रोक्दै आएकाले पनि ढिलाइ हु“दै गएको हो । गेजुवाले माथिल्लो त्रिशुली ३ ए को क्ष्ँमता बढाउन चलखेल समेत गरेको थियो । चिलिमेले बनाइरहेको सान्जेनमा सन्तोषजनक काम नगरेकाले यहि गेजुवा कम्पनी कालोसूचिमा परिसकेको छ ।
भेरिएसन, सुरुङ खुम्चिने र पेनस्टकको समस्यालगायतका कारण आयोजना सिभिलतर्फको निर्माण लागत दोब्बर हुन लागिसकेको छ । विद्युत् गुह, बा“ध, सुरुङलगायतका सिभिल संरचना निर्माण्ँ गर्न गेजुवाले २ अर्ब ८८ करोड १३ लाख रुपैया“मा ठेक्का लिएको थियो ।
भेरिएसनबाट यसअघि ठेकेदारले सिभिल ठेक्काको सम्झौता ३ अर्ब ९७ करोड २१ लाख रुपैया“ पु¥याइसकेको छ । प्राधिकरणले त्यसपछि पनि भेरिएसनबापत थप २६ करोड २२ लाख ५४ हजार रुपैया“ भुक्तानी दिने स्वीकृति दिइसकेको छ । यसबाट ठेक्का रकम बढेर ४ अर्ब २३ करोड ५५ लाख रुपैया“ पुगिसकेको छ ।
गेजुवाले खनेको सुरुङमध्ये करिब ८ सय ४३ मिटर सुरुङ खुम्चिएको छ । त्यसमध्ये ४ सय १८ मिटर अत्यन्त समस्याग्रस्त देखिएको छ । खुम्चिएको सुरुङको निर्माण्ँ गर्न करिब ७० करोड रुपैया“ थप लाग्ने र बनाउन थप ३ सय दिन लाग्ने अनुमान गरिएको छ । खुम्चिएको समस्या समाधानका लागि काम सुरु गर्न ठेकेदारले रकम अभाव देखाउ“दै करिब २० करोड रुपैया“ अग्रिम भुक्तानी माग गर्दै काम थालेको छैन ।
तीन महिनाअघि प्राधिकरण सञ्चालक समितिको निर्णयअनुसार तत्कालीन ऊर्जा सचिव हरिराम कोइरालाको संयोजकत्वमा चमेलियामा पुगेका कार्यदलले गेजुवा र कोरियाली ठेकेदारसित भेरिएसन रकम र प्रोलंगेसन कस्ट भुक्तानी गर्नेलागयतका १२ बु“दे समझदारी गरेको थियो ।

No comments:

Post a Comment