Monday, August 19, 2013

मुख्यसचिवद्वारा सचिवहरूप्रति असन्तुष्टि प्रकट

काठमाडौं, ३ भदौ– मुख्यसचिव लीलामणि पौडेलले विभिन्न मन्त्रालयका सचिवहरूसित कार्यक्रम स्वीकृति गराउन ढिलाइ गरेकामा असन्तुष्टि व्यक्त गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आइतबार बसेको सचिवहरूको बैठकमा उनले बजेटमा विभिन्न मन्त्रालयले साउन १५ भित्र कार्यक्रम स्वीकृत गराइसक्नुपर्ने समय तोकिए पनि हालसम्म स्वीकृत नगराएकामा असन्तुष्टि प्रकट गरेका हुन् ।
मन्त्रालयहरूले बजेटमा परेका योजना कार्यान्वयन गर्न योजना आयोगबाट कार्यक्रम स्वीकृति गराउनुपर्छ । कार्यक्रम स्वीकृति गर्न ढिलाइ भएमा काम सुरु गर्न ढिलो हुने र योजनाको प्रगति सन्तोषजनक नहुने चिन्ता मुख्यसचिवको थियो ।
एकाधबाहेक सबैजसो मन्त्रालयको कार्यक्रम स्वीकृत हुन बा“की छ । सचिवहरूले आफ्ना मन्त्रालयका कारण नभई योजना आयोगबाट केन्द्रीय र जिल्लागत योजना तथा कार्यक्रम उल्लिखित भाग १ र भाग २ आउन ढिलाइ भएकाले हालसम्म धेरैजसो कार्यक्रम स्वीकृत गराउन नसकिएको स्पष्टीकरण दिएका थिए ।
केन्द्रीय योजनाहरू उल्लिखित भाग–१ साउन ९ मा प्रकाशित भए पनि जिल्लागत योजना र कार्यक्रमको विवरण हुने भाग–२ योजना आयोगले प्रकाशित गरी मन्त्रालयहरूलाई वितरण गर्नै बा“की छ । भाग–२ बेवसाइटमा राखिए पनि किताबका रूपमा प्रकाशन भइसकेको छैन ।








No comments:

Post a Comment