Thursday, August 1, 2013

माओवादी नआए पनि मंसिरमै चुनाव : कांग्रेस

  • कांग्रेसले तरुण सुरक्षा दस्ता नबनाउने
  • मतदान केन्द्रसम्मको प्रशिक्षण साउन २० देखि
काठमाडौं, १६ साउन– कांग्रेस नेताहरूले नेकपा–माओवादीसहितका असन्तुष्ट दलहरूसितको वार्ता सफल भए पनि नभए पनि मंसिर ४ मा संविधानसभाको चुनाव गराएरै छाड्नुपर्ने बताएका छन् ।
तीन सयभन्दा बढी अगुवा कार्यकर्ताका लागि आयोजित केन्द्रीय प्रशिक्षण कार्यक्रमको समापनमा मंगलबार बोल्दै कांग्रेस नेताहरूले जतिसक्दो छिटो नया“ संविधान निर्माण गरेर मुलुकलाई राजनीतिक संक्रमणबाट मुक्त गर्नुपर्ने र कुनै पनि बहानामा चुनावलाई पछि सार्न या था“ती राख्न नहुने बताए ।
‘वैद्यजीहरू (मोहन वैद्य नेतृत्वको माओवादीसहितका असन्तुष्ट दल) स“ग वार्ता भए पनि नभए पनि, वार्ता सफल भए पनि नभए पनि मंसिर ४ मा चुनाव गराउनैपर्छ, यसको विकल्प छैन । वार्ताका नाममा चुनावलाई था“ती राख्न सकिन्न । तसर्थ तपाईंहरू कसैले पनि निर्वाचन नहुने आशंका नराखी प्रचारप्रसारमा लाग्नोस्,’ कांग्रेस उपसभापति रामचन्द्र पौडेलले भने ।
कांग्रेस नेताहरूले मुलुकमा आगामी संविधानसभा चुनावमा लोकतान्त्रिक शक्तिले जितेन भने फेरि पनि संविधान नबन्ने उल्लेख गर्दै लोकतान्त्रिक शक्तिलाई जिताउन पार्टीका नेता तथा कार्यकर्ता एकढिक्का भएर चुनावी अभियानमा लाग्नुपर्ने बताएका छन् । पार्टीले जनतालाई केन्द्रबिन्दु बनाएर उनीहरूको मन जित्ने कार्यक्रम लिएर चुनावमा जाने उद्घोषसमेत उनीहरूले गरेका छन् ।
कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले अघिल्लो संविधानसभा चुनावमा माओवादीको डर, धाक, धम्कीका कारण पार्टी हारेको उल्लेख गर्दै यसपटक त्यस्तो त्रासको वातावरण नभएकाले ढुक्क भएर कांग्रेसलाई जिताउन चुनावी अभियानमा जुट्न नेता तथा कार्यकर्तालाई आह्वान गरे ।
‘अघिल्लो चुनावमा माओवादी डर, धाक, धम्की र त्रास बढी थियो, त्यही कारण पार्टीले राम्र प्रचार गर्न पाएन र नराम्र हार बेहोर्नुप¥यो । यसपटक त्यस्तो त्रास कम छ,’ उनले भने, ‘अहिलेको चुनाव सरकार बनाउन मात्र होइन, संघीय लोकतान्त्रिक संविधान बनाउनका लागि हो । लोकतान्त्रिक शक्तिले जितेन भने संविधानसभाबाट लोकतान्त्रिक संविधान बन्न सक्दैन । तसर्थ कांग्रेसले जनतालाई केन्द्रबिन्दुमा राखेर उनीहरूको हृदय जित्ने नीति तथा कार्यक्रम र घोषणापत्र लिएर चुनावमा जान्छ । हामी नेताहरू पनि चुनावमा एकढिक्का हुन्छौं । तपाईंहरू (कार्यकर्ता) पनि एकढिक्का भएर चुनावमा लाग्नोस् ।’
कांग्रेसले प्रशिक्षणका सहभागी सबैले माग गरे पनि चुनावका लागि सुरक्षा दस्ता भने नबनाउने भएको छ । उपसभापति पौडेलले चुनावका लागि सुरक्षा दस्ता नबनाउने बताए । उनले मतदान केन्द्र कब्जा हुन नदिन र मतदातालाई सुक्षत तबरले मतदान गर्न पाउने वातावरण बनाउन सबै जिल्ला, निर्वाचन क्षेत्र र १० हजारवटै मतदान केन्द्रमा भूतपूर्व सैनिक संघ, तरुण दल, नेविसंघ, शिक्षक संघ र पार्टी कार्यकर्ता तथा शुभेच्छुकलाई परिचालन ग पार्टीले सुरक्षाको व्यवस्थापन गर्ने बताए ।
महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्ण सिटौलाले पनि माओवादीलगायत असन्तुष्ट दल सहमतिमा नआए पनि निर्वाचन नरोकिने बताए । असन्तुष्ट दललाई सहमतिमा ल्याउने प्रयास भइरहेको भन्दै उनीहरूले सहमतिमा नआए पनि मंसिर ४ का लागि तोकिएको निर्वाचन नरोकिने उल्लेख गरे ।
‘चुनावमा जान प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गरिएको हो । मुलुकमा संक्रमणकाल लम्ब्याउनु हु“दैन । त्यसैले निर्वाचन जस पनि मंसिर ४ मै गर्नुपर्छ,’ महामन्त्रीद्वयको भनाइ थियो ।
मतदान केन्द्रसम्मको प्रशिक्षण साउन २० देखि
कांग्रेसले साउन २० देखि क्षेत्र, नगर, गाउ“ र मतदान केन्द्रसम्म सम्पूर्ण कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम सार्वजनिक गरेको छ । प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न पार्टीका सबै जिल्ला कार्यसमितिलाई निर्देशन दिएको छ । केन्द्रीय प्रशिक्षण कार्यक्रमबाट प्रशिक्षित ३ सय अगुवा कार्यकर्तालाई देशभर सञ्चालन हुने प्रशिक्षणमा सहभागी हुनसमेत निर्देशन दिएको छ ।
प्रशिक्षण विभाग प्रमुख उपसभापति पौडेलले प्रशिक्षकहरूलाई पार्टीको निर्देशनअनुसार सबै क्षेत्र, नगर, गाउ“ र मतदान केन्द्रसम्म पुगेर प्रशिक्षण दिन आग्रह गरे । पार्टी र विभागले समेत मतदान केन्द्रसम्मको प्रशिक्षण प्रभावका भए÷नभएको अनुगमनसमेत गर्ने भएको छ ।

No comments:

Post a Comment