Friday, August 9, 2013

समयमै संविधानसभा चुनाव भारतको चाहना : कोइराला

‘भ्रमण सफल’
काठमाडौं, २५ साउन– नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले नेपालमा राजनीतिक स्थिरता र शान्तिका लागि संविधानसभाको चुनाव समयमै सम्पन्न होस् भन्ने भारतीय सरकार र नेताहरूको चाहना रहेको बताएका छन् ।
भारतीय सरकारको निमन्त्रण्ाँमा छदिने भ्रमण्ँ सम्पन्न गरेर शुक्रबार स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूस“ग कुरा गर्दै उनले नेपाल निर्वाचनका माध्यमबाट जतिसक्दो छिटो राजनीतिक स्थिरता, शान्ति र विकासको बाटामा अघि बढोस् भन्ने रहेको बताए ।
‘भारतले नेपालमा समयमै संविधानसभाको निर्वाचन भएर राजनीतिक स्थायीत्व, शान्ति र बहुदलीय लोकतन्त्रको संस्थागत विकास होस् भन्ने चाहना राखेको छ’ भन्दै कोइरालाले भारत सरकार नेपालमा घोषित मितिमै चुनाव सम्पन्न गराउनका लागि आवश्यक सहयोग गर्न तयार रहेको जानकारी दिए ।
उनले भारतीय नेताहरूस“गको उच्चस्तरीय छलफलका क्रममा आफूले संविधानसभाका लागि निर्धारित चुनाव समयमै सम्पन्न हुने र त्यसका लागि निर्वाचनप्रति असहमत रहेका दलहरूलाई समेत सहभागी गराएर अघि बढ्ने विÈयमा वार्ता भइरहेको जानकारी दिएको उनले बताए ।
कोइरालाले भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंह, सत्तारूढ पार्टी कांग्रेसकी अध्यÔ सोनिया गान्धी, विदेशमन्त्री सलमान खुर्सिद, विदेश सचिव सुजाता सिंह, भारतीय जनता पार्टीका राजनाथ सिंहसहित विभिन्न दलका नेतास“ग भेटवार्ता गरेका थिए ।
ती भेटवार्ताका क्रममा नेपालमा राजनीतिक स्थिरता र शान्ति आओस् भन्ने सदाशयता भारतीय नेताको रहेको पाएको कोइरालाले बताए ।
उनले भारतस“ग सद्भाव बढाउन र पार्टी–पार्टीबीचको सम्बन्ध सुधारमा आफ्नो नया“ दिल्ली भ्रमण सफल रहेको र त्यसले दुई देशबीच रह“दै आएको सम्बन्ध आगामी दिनमा अझै प्रगाढ बन्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
 ‘भारतीय सरकार र नेताहरूस“ग भएको छलफलपछि दुई पÔीय सम्बन्ध एवं सहयोग विस्तारका लागि भ्रमण्ँ सफल भएको ठानेको छु, चुनाव लोकतन्त्रको आत्मा भएकाले पनि भारतीय नेताहरू त्यसको पÔमा रहेको पाए“’ उनले भने ।
उनले भारतीय कांग्रेसस“ग नेपाली कांग्रेसको सम्बन्ध पुरानो रहेको र अन्य दलहरूस“ग रहेको विगतदेखिको सम्बन्धलाई पनि नया“ ढंगले विस्तार गर्न आफ्नो भ्रमण्ँले सहयोग प¥ुयाएको विश्वास व्यक्त गरे ।
भारतीय कांंग्रेसकी अध्यÔ गान्धीले आर्थिक सम्भाव्यताका आधारमा संघीयतामा जान सुझाव दिनुभएको हो भन्ने जिज्ञासामा कोइरालाले गान्धीले त्यो नेपाल र नेपालीको आफ्नो कुरा भएकाले नेपाली जनता नै यस विषयमा निर्णय गर्न समर्थ रहेको धारण्ाँ राखेको जानकारी दिए ।
उनले कुनै पनि दलको शर्तमा मंसिर ४ मा घोषित चुनाव नसर्ने बताए । नेकपा–माओवादी सहभागी हुने सर्तमा चुनाव सार्ने कुरा भइरहेको हो भन्ने जिज्ञासामा उनले चुनाव तोकिएकै समयमा सम्पन्न हुने विश्वास व्यक्त गरे ।
उनले बिहार र उत्तरप्रदेशको भ्रमण्ँ गरी त्यहा“का मुख्यमन्त्रीहरू नीतिशकुमार र अखिलेश यादवस“ग समेत भेट गरेका थिए । उक्त भेटमा कोइरालाले भारतीय सरकारले सीमा क्षेत्र नजिक निर्माण गरेका बा“ध र तटबन्धले दर्जनौं ठाउ“मा नेपाली भूभाग डुबानमा परेको उल्लेख गर्दै दुवै देश मिलेर उक्त समस्या तत्काल समाधान गर्नुपर्ने प्रस्ताव गरेका थिए । प्रत्युत्तरमा दुवै मुख्यमन्त्रीले डुबानको समस्या समाधानका लागि नेपालस“ग मिलेर कार्य गर्न तयार रहेको बताएको जानकारी कोइरालाले दिए । भ्रमणमा कांग्रेसका महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्ण्ँप्रसाद सिटौला र कोइरालाका स्वकीय सचिव लक्ष्मण्ँ ढकाल सहभागी थिए ।







No comments:

Post a Comment