Saturday, August 3, 2013

दुई दातृ संस्थाद्वारा पौने तीन अर्ब सहयोग

काठमाडौं, १७ साउन– विश्व वातावरण कोष र नर्डिक फन्डले नेपालको पर्वतीय जलाधार क्षेत्रहरूको जलवायु परिवर्तन समयानुकूलनसम्बन्धी आयोजनाका लागि पौने ३ अर्ब रुपैया“ सहयोग गर्ने भएका छन् ।
विश्व बैंकमार्फत् विश्व वातावरण कोषले २३.५ तथा नर्डिक फन्डले ४.६ मिलियन डलर सहयोग गर्न लागेका हुन् । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले उक्त सहायता स्वीकार गर्ने निर्णय गर्दै सहयोगसम्बन्धी सम्झौता गर्न अर्थमन्त्रालयलाई अख्तियारी दिएको जानकारी सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री माधव पौडेलले जानकारी दिए ।
सहसचिवको राजिनामा स्वीकृत
नायव महालेखा परिक्षक (सहसचिव) विश्वकान्त गौतमले पदबाट राजिनामा दिएका छन् । कार्यालयमा लामो समयदेखि बिदा लिई विदेशमा कार्यरत रहेका गौतमले पदबाट दिएको राजिनामा मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको छ ।
दुई जना सहसचिवमा बढुवा
सरकारले दुई उपसचिवलाई सहसचिवमा बढुवा गरेको छ । मन्त्रिपरिषदले सहरी विकास तथा भवन निर्माण विभागका उपसचिव (प्राविधिक) बालकृष्ण श्रेष्ठ र राजस्व समूहका चन्द्रकान्त अधिकारीलाई सहसचिवमा बढुवा गरेको हो । १५ वर्ष सेवा गरेका र ५८ वर्ष उमेर पुगी अवकास पाउन एक महिना बा“की रहेका दुई उपसचिवलाई निजामती ऐनअनुसार सहसचिवमा बढुवा गरिएको हो ।

No comments:

Post a Comment