Sunday, August 11, 2013

सहसचिव छाडेर राजनीतिमा

काठमाडौं, २७ साउन– भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव हरिओम श्रीवास्तव सरकारी सेवाबाट राजीनामा दिई राजनीति सुरु गरेका छन् । उनले साउन २० मा सेवाबाट दिएको राजिनामा मन्त्रिपरिषदको बिहीबार बसेको बेठकले स्वीकृत गरेपछि आफूले गृह जिल्ला रौतहटमा राजनीति सुरु गरेको बताए ।
सिभिल इन्जिनियरबाट २०३६ सालमा सरकारी सेवामा प्रवेश गरी सडक विभागको महानिर्देशकसमेत भइसकेका श्रीवास्तव ३४ वर्षको जागिरे जीवनपछि राजनीतिमा लागेका हुन् । उनी नेपाल इन्जिनियर्स एसोसिएसनको केन्द्रीय समितिमा कांग्रेस निकट लोकतान्त्रिक समूहबाट उम्मेदवार भई चुनाव जितेर २०५४ देखि ०५६ सम्म उपाध्यक्ष र २०६६ देखि ०६८ सम्म अध्यक्ष भई कार्य गरेका थिए ।
राजनीतिमा लागे पनि उनी कुनै पार्टीमा प्रवेश गरिसकेका छैनन् । उनी कांग्रेसमा प्रवेश गर्ने सम्भावना छ । ‘म लोकतान्त्रिक विचार राख्ने मान्छे हु“, लोकतान्त्रिक पार्टीमा लागेर राजनीति गर्छु’ उनले भने ।






No comments:

Post a Comment