Thursday, August 15, 2013

पाण्डेलाई रथीमा बढुवा

काठमाडौं, ३१ साउन– सरकारले नेपाली सेनाका उपरथी पवनबहादुर पाण्डेलाई रथीमा बढुवा गरेको छ । रथी नेपालभूषण चन्दले उमेरको हदबाट अनिवार्य अवकास पाएपछि रिक्त पदमा मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले जंगी अड्डाको सिफारिसमा पाण्डेलाई बढुवा गरेको हो ।
मन्त्रिपरिषदले पाण्डेलाई बलाध्यक्षको जिम्मेवारी दिएको छ । बलाध्यक्ष रथी नेत्रबहादुर थापालाई भने बलाधिकृतमा सरुवा गरिएको छ ।
गुरुङलाई ५ लाख उपचार खर्च
सरकारले आदिवासी जनजाति महासंघका पूर्वअध्यÔ एवं प्राध्यापक ओम गुरुङलाई मृगौला रोगको उपचार खर्चबापत ५ लाख रुपैया“ दिने निर्णय गरेको छ । त्रिभुवन विश्व विद्यालय समाजशास्त्र तथा मानवशास्त्र विभागका प्रमुखसमेत रहेका गुरुङ दुवै मृगौलाले काम नगर्ने रोगबाट पीडित छन् ।

No comments:

Post a Comment