Saturday, August 3, 2013

कोइराला भोलि भारत जाने

काठमाडौं, १८ साउन– कांग्रेस सभापति सुशील कोइराला आइतबार भारत भ्रमणमा जाने भएका छन् । कांग्रेस केन्द्रीय कार्यालयद्वारा शुक्रबार जारी विज्ञप्तिका अनुसार उनी भारत सरकारको निम्तामा आइतबार अपराह्न ३ः४० बजे एअर इन्डियाको उडानबाट नया“दिल्ली प्रस्थान गर्नेछन् ।
उनका साथमा कांग्रेसका महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला तथा कोइरालाका स्वकीय सचिव लक्ष्मण ढकाल पनि दिल्ली जानेछन् । कोइरालाले भारतमा रह“दा भारतीय प्रधानमन्त्री मनमोहन सिंह, कंग्रेस आईकी अध्यक्ष सोनिया गान्धी, विदेशमन्त्री सलमान खुर्सिद, विपक्षी भारतीय जनता पार्टीका अध्यक्ष राजनाथ सिंहलगायतका उच्चस्तरीय नेतासित भेटवार्ता गर्नेछन् ।

No comments:

Post a Comment