Sunday, August 25, 2013

घूस खुवाएको अभियोगमा चार व्यवसायी पक्राउ

काठमाडौं, ८ भदौ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजागार विभागका कर्मचारीहरूलाई पैसा खुवाएर अििनयमित कार्य गराउने तप्न म्यानपावर कम्पनीका चार व्यवसायीलाई शनिबार पक्राउ गरी हिरासतमा लिएको छ ।
वैदेशिक रोजगार विभागका १७ कर्मचारीलाई म्यानपावर कम्पनीहरूसितको मिलेमतोमा नक्कली कागजातका आधारमा नेपाली कामदारलाई वैदेशिक रोजगारको अनुमति दिएको र नक्कली हो भन्ने जान्दा जान्दै पनि पासपोर्टमा छाप लगाई विदेश जान दिएको अभियोगमा अध्यागमनका १८ कर्मचारीले पक्राउ गरेको भोलिपल्टै शनिबार अख्तियारले चार व्यवसायीलाई पक्राउ गरेको हो । उनीहरूलाई पनि कर्मचारीस“गै अख्तियारकै हिरासतमा राखिएको छ ।
अख्तियारद्वारा जारी विज्ञप्तिका अनुसार नक्कली कागजातका आधारमा श्रम स्वीकृति लिएर नेपाली कामदारलाई विदेशमा पठाउन विभागका कर्मचारीलाई आर्थिक लाभ पु¥याएको अभियोगमा ती व्यवसायीलाई नियन्त्रण्ँमा लिइएको हो ।
पक्राउ परेका व्यवसायीमा एडभान्स रिक्रुटमेन्ट सर्भिस प्रा.लि.का सञ्चालकद्वय चित्र गुप्ता सा“वा र हर्कबहादुर लिम्बू, सान इन्टरनेसनल रिक्रुटमेन्ट सर्भिसका सञ्चालक मो. मुस्ताक मिया“ र प्रोग्रेसिभ प्लेसमेन्ट सर्भिस नेपाल प्रा.लि.का श्यामप्रसाद श्रेष्ठ छन् । उनीहरूमाथि अनुसन्धान सुरु भएको विज्ञप्तिमा उल्लेख छ ।

No comments:

Post a Comment