Thursday, August 8, 2013

कांग्रेसद्वारा इद उल फित्रको शुभकामना

काठमाडौं, २४ साउन– नेपाली कांग्रेसले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ‘इद उल फित्र’ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम दिदीवहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं स्मृद्धिका लागि हार्दिक शुभकामना (इद मुवारक) व्यक्त गरेको छ ।
‘लोकतन्त्रका लागि भएका आन्दोलनमा इस्लाम धर्मावलम्बीको महत्वपूर्ण योगदान रह“दै आएको छ । मुलुकको वर्तमान जटिल राजनीतिक परिवेशमा लोकतन्त्रको रक्षार्थ यहा“हरू अझ बढी जिम्मेवार रहने मैले विश्वास लिएको छु’ भन्दै सभापति सुशील कोइरालाले शुभकामना मन्तव्यमा यो पर्व सम्पूर्ण जातजाति तथा धर्मावलम्बीमा एकताको सन्देश दिन सफल हुने विश्वाससमेत व्यक्त गरेका छन् ।


कांग्रेसको शुभकामना !



मुलुक अहिले इतिहासकै अत्यन्त कठिन संक्रमणकालवाट गुज्रिरहेको छ । जननिर्वाचित व्यवस्थापिकाको अभावमा मुलुकमा अनेकन संवैधानिक र कानूनी जटिलताहरु उत्पन्न भएका छन । गणतन्त्र स्थापनाको छैठौं वर्ष प्रवेश भईसक्दा समेत संघीय लोकतान्त्रिक गणतन्त्रका आधार स्तम्भहरु अद्यावधि मजवुत वन्न सकिरहेका छैनन । जनतावाट निर्वाचित प्रतिनिधिहरुको सभा (संविधान सभा) वाट नै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको लोकतान्त्रिक संविधान निर्माण गर्ने उद्देश्यका साथ मुलुक पुनः दोस्रो पटक संविधानसभाको निर्वाचनको अभियानमा अगाडि वढिरहेको छ । मुलुकका सवै जात, जाती धर्म, वर्ण, लिङ्ग, सम्प्रदाय तथा विचारधारा मान्ने नेपाली जनताको व्यापक र सक्रिय सहभागितामा नै आसन्न संविधानसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न हुन सक्दछ । स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गराउने जिम्मेवारीका साथ स्थापित गरिएको वर्तमान सरकारले तोकिएको समयमै आफूलाई सुम्पिएको जिम्मेवारी पूरा गर्नेछ र मुलुकलाई संक्रमणकालवाट छिट्टै मुक्त गराउनमा सफल हुनेछ भन्ने विश्वास सम्पूर्ण मुलुकवासीले गरेका छन । यसर्थ, कैंयन शहिदहरुको वलिदान र त्याग तथा नेपाली जनताको व्यापक सहभागिताका कारण मुलुकमा स्थापित लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र संस्थागत वनाउनका लागि जिम्मेवार सम्पूर्ण पक्षहरु आ–आफ्नो स्थानमा इमान्दार र सक्रिय रहनु आजको राष्ट्रिय जिम्मेवारी र कर्तव्य हो ।

जय नेपाल !
सुशील कोइराला
सभापति
श्रावण २३, २०७०

No comments:

Post a Comment